कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत निर्वाचित 

कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत निर्वाचित 

अर्थ डबली
शनिवार, पुस ४ २०७७
अर्थ डबली
शनिवार, पुस ४ २०७७ (अर्काइभ बाट)
  • कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत निर्वाचित 

    काठमाडौँ / चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित भएका छन् । 

    images
    images

    सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाले बस्नेतका अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

    सङ्घका प्रथम उपाध्यक्षमा लीलाबल्लभ दाहाल ‘काका’, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदीप पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै सदस्यमा सूर्यप्रसाद पाठक, वसन्त बराल, राजन श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विवेकराज देवकोटा निर्वाचित भएका छन् । कैलाश यात्रा सञ्चालक सङ्घमा हाल देशभरका ४० भन्दा बढी कम्पनी आबद्ध  छन् । 

    साताको लोकप्रीय