चार खर्ब ९५ अर्ब विप्रेषण भित्रियो, श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घट्यो

चार खर्ब ९५ अर्ब विप्रेषण भित्रियो, श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घट्यो

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • चार खर्ब ९५ अर्ब विप्रेषण भित्रियो, श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घट्यो

    काठमाडौं/  चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ । 

    images
    images

    केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।
     
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आर्थिक विवरण अनुसार सो अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.६ प्रतिशतले घटेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १७. ७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो । 

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २६ अर्ब ६५ करोडले बचतमा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ । 
     
    समीक्षा अवधिमा चालू खाता रु ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ । 

    यस्तै, पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु छ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु सात अर्ब ६६ करोड कायम भएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु सात अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १२ अर्ब २० करोड रहेको थियो ।

    साताको लोकप्रीय