श्रम तथा रोजगारमन्त्री चौधरीसँग एनआरएन अध्यक्ष पन्तको प्रस्ताव : रोजगारसम्मेलनदेखि कल्याणकारी कोषसम्म 

श्रम तथा रोजगारमन्त्री चौधरीसँग एनआरएन अध्यक्ष पन्तको प्रस्ताव : रोजगारसम्मेलनदेखि कल्याणकारी कोषसम्म 

अर्थ डबली
बुधवार, फागुन ५ २०७७
अर्थ डबली
बुधवार, फागुन ५ २०७७ (अर्काइभ बाट)
  • श्रम तथा रोजगारमन्त्री चौधरीसँग एनआरएन अध्यक्ष पन्तको प्रस्ताव : रोजगारसम्मेलनदेखि कल्याणकारी कोषसम्म 

    काठमाडौं/  गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्तले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरिशंकर चौधरीसँगको भेटमा रोजगार सम्मेलनको आयोजना गर्नुपर्ने माग राखेका छन्

    images
    images

     

    आज भएको भेटघाटको सन्दर्भमा उनले रोजगार सम्मेलन लगायत अन्य तीन महत्वपूर्ण प्रस्तावहरु राखेका छन् । यस्तै, उक्त भेटमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका बिषयमा छलफल भयो ।

     
    सुरुमा अध्यक्ष पन्तले संघकोतर्फबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा नियूक्त भएकाकोमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । उनले संक्षिप्तमा मन्त्री चैधरीसँग संघका गतिविधिहरुका बारेमा जानकारी गराउँदै संघकातर्फबाट तीन प्रस्ताव पेस गरे । 

    १ वैदेशिक रोजगार बोर्डमा श्रमिकहरुले जम्मा गरेका रकम उनीहरुका बृहत्तर हितमा प्रयोग गर्न पर्ने । 

    २. रोजगार सम्मेलनको आयोजना गर्ने । 

    ३. रोजगारबाट प्राप्त बिप्रेषणको वित्तिय संस्थाहरुले प्राप्त गर्ने रकम मध्यबाट एक पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्ने । 

    अध्यक्ष पन्तले वैदेशिक रोगारीमा गएकाहरुलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न संघले अघि सारेको न्यूनत्तम रु दश अर्वको सामूहिक लगानीको र श्रमिक बैंकको अवधारणा माथि समेत प्रकाश पारे । 

    सो अवसरमा उपाध्यक्ष डा. बद्री के. सी. ले कोभिड–१९ का कारण नेपालमा झण्डै दुई लाख श्रमिकहरु फिर्ता आएका र उनीहरुलाई रोजगारी दिन प्रस्तावित श्रमिक सम्मेलनले सहयोग गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, वैदेशिक रोजगार बिभाग र वैदेशिक रोजगार बोर्डका प्रमुखहरु संग संयुक्त रुपमा बैठक आयोजना गर्नको लागि समेत गरे । 

    उनले सम्मेलनलाई सार्थक बनाउन संघ तथा अन्य निकायहरुसंग वैदेशिक रोजगारीबाट फर्केकाहरुको सिपको तथ्यांक समेत रहेको औंलाउंदै वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सामाजिक सुरक्षाको अवधारणा समेत कार्यान्वयनमा ल्याउन पर्ने सुझाव पेश गरो थिए । 

    वैदेशिक रोजगारीमा रहेका र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुको राहत तथा उद्धारमा संघले गरेका कामका बारेमा परियोजना प्रवन्धक राजेन्द्र राउतले अवगत गराएका थिए ।

    श्रम मन्त्रीज्यूले शुभकामनाको लागि धन्यवाद व्यक्त गर्दै आफू यस क्षेत्रमा नयां भएकोले धेरै बिषयहरुमा जानकारी लिंदै गरेको र वैदेशिक रोजगारका क्षेत्रमा संघका सुझावहरुका लागि अनुरोध  गरे ।

    वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सहयोग गर्न रकामान्तर गर्ने प्रकृया झन्झटिलो रहेकोले प्रकृया सरलकृत गर्न मन्त्रालय लागेको अवगत गराए । 

    उनले संघले अघि सारेको वैदेशिक रोजगार सम्मेलनको आयोजना गर्ने बिषयमा मन्त्रालय गम्भिर रहेको र छिटै सबै सरोकारवालाहरु बीच छलफल गर्ने प्रतिवद्धता व्यक्त  गरे ।
     
    सो छलफलमा संघका उपध्यक्ष सोनाम लामा, लाप्राक परियोजनका सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

    साताको लोकप्रीय