काठमाडौं / मुलुकको राजनीतिक मुद्दामा विदेशीको आशिर्वाद खोज्नु नेताहरुका लागि मात्रै नभई देशकैलाई राष्ट्रघात हुने लेखक तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्यले टिप्पणी गरेका छन् ।
विदेशी हस्तक्षेप गुहारेर लोकतन्त्रलाई मजबुत बनाउने सोच एकदमै गलत नजिर हुने टिप्पणी गर्दै ईनारमा पानी कम भयो भनेर ढलको पानीले ईनार भर्नु जस्तै हुने उनको लेख छ ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिदै आन्तरिक राजनीतिका मुद्दामा आफ्नो साँघुरो स्वार्थका लागि आशीर्वाद खोज्नु गलत दृष्टिकोण भएको बताउँदै आम समुदायलाई विरोध गर्न समेत आब्हान गरेका छ् लेखक आचार्यले नेकपा अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै एउटा ठूलो समुह सडक आन्दोलनमा छ । त्यस्तै विघटनको विरुद्धमा मुलुकका प्रमुख राजीतिक पार्टीहरुपनि छन् ।
यद्यपि धेरैको मूख्य ध्यान सर्वोच्च अदालतको फैसलातिर सोझएको छ । यहि सन्दर्भमा अध्यक्ष प्रचण्डले भारत सरकारले कोरोनाबाट बच्न खोप सहयोग गरिएपनि लोकतन्त्रको समर्थन हुनुपर्ने तर्क एक मिडियामा राखेका थिए । तर, लेखक आचार्यले जो सुकै नेताको यस्तो निकृष्ट सोच र व्यवहारलाई खुलेर विरोध गर्नुपर्ने बताएका छन् ।