उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन हुने, निजि क्षेत्र र उद्योग विभाग बीच यस्तो सम्झौता ( १० बुँदामा)

उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन हुने, निजि क्षेत्र र उद्योग विभाग बीच यस्तो सम्झौता ( १० बुँदामा)

अर्थ डबली
सोमवार, फागुन १७ २०७७
अर्थ डबली
सोमवार, फागुन १७ २०७७ (अर्काइभ बाट)
  • उद्योगहरूको गुणात्मक विश्लेषणसहितको अध्ययन हुने, निजि क्षेत्र र उद्योग विभाग बीच यस्तो सम्झौता ( १० बुँदामा)

    काठमाडौं / नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गरिने भएको छ । 

    images
    images

    आज सोमबार नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच यस्तो विषयमा समझदारी  भएको उद्योग बाणिज्य महासंघले जनाएको छ ।  


    महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहका बीच काठमाडौंमा हस्ताक्षर  गरे । 

    त्यस्तो तयारी डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । 

    दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसंग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिवद्धता जनाएका छन् । 


    यस्ता छन् समझदारीका उद्धेश्यः

    १. आपसी सहमती अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने ।

    २. औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने । 

    ३. उद्योग व्यवसायको निरन्तर संचालनमार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने । 

    ४. राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने । 

    ५. महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने,  । 

    ६. विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने । 

    ७. नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने । 


    ८. आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने । 

    ९. सोही समितिमार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउमा वसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र १०. त्यसको प्रचार प्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैर सरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने 


    मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमासमेत कठिनाई पर्न गएको यथार्थता बीच महासंघ र बिभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ । महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो ।

    समझदारीपत्रमा हस्ताक्षर गर्दै महासंघका अध्यक्ष गोल्छाले भने


    सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने छन् । दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास गरेको छु । 
     
    उद्योग विभागका महानिर्देशक भुषाल : 

    महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास लिएको छु । उद्योग विस्तार गर्न कह“ा समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुनेछ । 

     

    साताको लोकप्रीय