देशको भविष्य मर्दै गयो, नेताहरुले मनोरञ्जन दिदै गए – सूर्यराज आचार्य

देशको भविष्य मर्दै गयो, नेताहरुले मनोरञ्जन दिदै गए – सूर्यराज आचार्य

अर्थ डबली
बिहिवार, फागुन २० २०७७
अर्थ डबली
बिहिवार, फागुन २० २०७७ (अर्काइभ बाट)
  • देशको भविष्य मर्दै गयो, नेताहरुले मनोरञ्जन दिदै गए – सूर्यराज आचार्य

    काठमाडौं/  नेपालको राजनीतिक सामाजिक बहस कुनै न कुनै शीर्षकमा बहसमा आइरहेकै हुन्छन् । राजनीतिक फण्डाहरु चलिरहेकै छन् । दाउपेच चलिरहेकै छन् । लेखक तथा पूर्वाधार विज्ञ सूर्यराज आचार्यले मुलुकको भविष्य मर्दै गएको तर, नेताहरुले मनोरञ्जनको खेती गरिरहेको आरोप लगाएका छन् । 

    images
    images

    वर्तमान परिस्थितिमा गुज्रेको नेपालको राजनीतिक टिप्पणी गर्दै समृद्धिको नाउँमा नेतृत्वले दिमाग खुस्काउँदै गएको तर्फ संकेत गरेका छन् । उनले भन्ने समृद्धि तर, मुलुक ओरालो लाग्दै गरेकोतर्फ टिप्पणी गरेका छन् । 

    पछिल्लो समय आएको बनमन्त्री  प्रेम आलेले दिएको भाइरल टिप्पणीप्रति संकेत गर्दै आचार्यले राजनीतिक र सामाजिक बहसलाई जिवन्तु बनाई राख्न केही समयको अन्तरालमा प्रमुख घटनाहरु आइरहने बताएका हुन । उनले पक्ष विपक्षका नेताहरूले पालैपालो थरीथरीका खुँराक दिईरहेको पनि बताए ।

     सतही मनोरञ्जन दिन नेतृत्व खप्पिस भएको बताउँदै नेताहरुले गहन विषय र समृद्धिका विषय छाडेर मनोरञ्जन दिइरहेको उनको कडा टिप्पणी छ । 

    साताको लोकप्रीय