काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा

काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा

अर्थ डबली
बुधवार, चैत ४ २०७७
अर्थ डबली
बुधवार, चैत ४ २०७७ (अर्काइभ बाट)
  • काठमाडौँ–तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथ छलफलमा

    काठमाडौँ/ तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । 

    images
    images


    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकले  यस्तो निर्णय  गरेको छ ।

    प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो । 

    अब बस्ने बैठकमा दु्रत मार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताए । उनका अनुसार यही चैत ८ वा ९ गते बैठक हुनेछ ।

    त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उनले बताए ।  उनले भने, “बैठकमा सहभागी माननीयहरूले बढी समस्या देखिएका विषयमा छलफल गर्दै जान सुझाव दिनुभएको छ ।”

     यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा पुनः स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ । 

    अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् । 

    साताको लोकप्रीय