सिटिजन लाइफद्वारा बीमितलाई उपचार खर्चवापत ३० लाख हस्तान्तरण

सिटिजन लाइफद्वारा बीमितलाई उपचार खर्चवापत ३० लाख हस्तान्तरण

अर्थ डबली
आइतवार, चैत २२ २०७७
अर्थ डबली
आइतवार, चैत २२ २०७७ (अर्काइभ बाट)
  • सिटिजन लाइफद्वारा बीमितलाई उपचार खर्चवापत ३० लाख हस्तान्तरण

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ ।

    images
    images

    शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

    तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । 

    एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार रुपैयाँ मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाँैको गंगालालमा गएका थिए । 

    उनको उपचारकै क्रममा कम्पनीले सो ३० लाख विमाङ्क रकम प्रदान गरिएको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताए । कंडेलजी को बीमा फर्निचर खरिद गर्ने क्रममा कम्पनीका अभिकर्ता ईश्वर भण्डारीले गराएका थिए । 

    क्षेत्रीय प्रवन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिल बिना नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

    बीमितका परिवारले पनि कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गरे । साथै उनले उपस्थित समयमा नै बीमा गर्ने सल्लाहसमेत दिए ।


    तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य कविराम अर्याल लगायत वरिष्ठ राजनितिज्ञ, समाजसेवी ज्युहरुले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले यसरी जीवन बीमा कम्पनीले घरघरमै आएर उपचार खर्च दिएको पहिलो पटक थाहा पाएको बताइन । यसरी सिटिजन लाइफले रकम भुक्तानीको लागी अग्रपंक्तिमा काम गरोस् भनी प्रशंसा व्यक्त गरिन् । 
    कार्यक्रमको सन्चालक बर्दघाट शाखा प्रमुख मनोज सुबेदी र स्वागत मन्तव्य बुटवल शाखा प्रमुख पुर्ण चन्द्र सुबेदीद्वारा भएको थियो । 

    साताको लोकप्रीय