सिद्धार्थ बैंकले ल्यायो नयाँ वेबसाइट, नागरिक एप मार्फत पनि खाता खोल्न सकिने

सिद्धार्थ बैंकले ल्यायो नयाँ वेबसाइट, नागरिक एप मार्फत पनि खाता खोल्न सकिने

अर्थ डबली
आइतवार, बैशाख १९ २०७८
अर्थ डबली
आइतवार, बैशाख १९ २०७८ (अर्काइभ बाट)
  • सिद्धार्थ बैंकले ल्यायो नयाँ वेबसाइट, नागरिक एप मार्फत पनि खाता खोल्न सकिने

    काठमाडौँ / सिद्धार्थ बैंकले परिष्कृत र परिमार्जन गरी आफ्नो नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त वेबसाइट अझ बढी ग्राहकमैत्री भएको बताइएको छ । 

    images
    images

    सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

    नयाँ वेबभसाइट आधुनिक र नवीनतम् प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको बैंकको दाबी छ । 

    ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

    त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको जनाएको छ । 

    साताको लोकप्रीय