बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

अर्थ डबली
आइतवार, जेठ २ २०७८
अर्थ डबली
आइतवार, जेठ २ २०७८ (अर्काइभ बाट)
  • बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

    काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट नआउने बताएका छन् । आर्थिक वर्ष २०७८ ०७९ को बजेट ल्याउने ढिलाइ भइरहेको समयमा सरकारले अध्यादेशबाट बजेट ल्याउन सक्ने चर्चा चलिरहेको  थियो।

    images
    images

    आज आइतबार नेकपा एमाले विवाद मिलाउन सिँहदरबारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग बसेको छलफलपछि सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

    उनले प्रतिनिधि सभा जिवितै रहेको बताउँदै नियमित प्रक्रिया बाटै बजेट ल्याउने स्पष्ट पारे । तर, सरकारले बजेट अधिवेशन समेत आव्हान गर्न सकेको अवस्था छैन । संसदमा विस्वासको मत गुमाएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली एक महिनापछि पुनः विस्वासको मत लिनुपर्ने अवस्थामा छन् ।  

    ओलीलेअध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको बताउँदै
    आज ओली र नेपाल बसेको वान टु वान वार्तामा एमाले विवाद मिलाउन १० जनाको कार्यदल गठन भएको छ । 

    साताको लोकप्रीय