बजेटले हस्तकला क्षेत्रका केके विषयहरु समेट्यो : महासंघको १६ बुँदामा प्रतिकृया

बजेटले हस्तकला क्षेत्रका केके विषयहरु समेट्यो : महासंघको १६ बुँदामा प्रतिकृया

अर्थ डबली
बिहिवार, जेठ २० २०७८
अर्थ डबली
बिहिवार, जेठ २० २०७८ (अर्काइभ बाट)
  • बजेटले हस्तकला क्षेत्रका केके विषयहरु समेट्यो  : महासंघको १६ बुँदामा प्रतिकृया

    काठमाडौं / नेपाल हस्तकला महासंघले  आर्थिक वर्ष २०७८ ७९ को प्रस्तुत बजेटमाथि आफ्नो प्रतिकृया दिएको छ ।

    images
    images

    हाल कोभिड-१९ महामारीको कारण हस्तकलाको आन्तरिक र अन्तर्राष्ट्रिकय बजार संकुचन हुन गएको जनाउँदै निकासी तथा रोजगारी ३० प्रतिशतले कमी भएको बताएको छ ।

    महासंघले करीब ८ लाख ब्यक्तिहरु हस्तकला पेशामा संलग्न रहेको महासंघको अनुमान छ । 


    बजेटले प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन संम्बोधन गर्नुसराहनिय रहेको बताएको छ । त्यस्तै, पुुर्नकर्जा कोषको निरन्तरता, आयकरमा बिभिन्न समूहमा छुटको ब्यवस्थाका साथ थलिएका उद्योग ब्यवसायलाई राहत दिन बजेटमा गरिएको ब्यवस्था राम्रो भएको महासंघको ठहर छ । 


    हेर्नुस् महासंघले दुइभागमा १६ बुँदामा केके भनेको छ :

     

    १. सन् २०२० को प्रारम्भबाट देखा परेको कोभिड –१९ को दोस्रो लहरले गर्दा नेपालको समग्र अर्थतन्त्र, जनजीवनको साथै नेपाली हस्तकला उद्योग ब्यवसाय क्षेत्रमा पनि गम्भीर असर परेको छ । गत वर्ष पहिलो चरणमा फैलिएको महामारी र त्यसको नियन्त्रणको निमित्त विभिन्न चरणमा भएको लकडाउन र निषेधाज्ञा पश्चात यो उद्योग ब्यवसायले उपयुक्त गति लिन सकिरहेको अवस्था छैन ।
    अन्तर्राष्टिक«य स्तरमा तथा मुलुकभित्र पनि ठुला ब्यापार मेला प्रदर्शनीहरुमा सहभागी हुन नपाएको, विदेशी पर्यटकहरुको आगमन नभएको र आर्थिक क्रियाकलाप पनि निकै सुस्त रहेको हालको अवस्थामा हस्तकला जन्य बस्तुहरुको आन्तरिक विक्री वितरण तथा निर्यात ब्यापार अत्यधिक प्रभावित भएको अवस्था छ ।

    २. नेपाल हस्तकला महासंघद्धारा कोभिड १९ बाट थलिएको हस्तकला उद्योग व्यवस्था को पुनरुत्थानको निमित्त निकासी अभिबृद्धिको पञ्च वर्षिय लक्ष्य सहितको अवधारणा सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू र माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू समक्ष प्रस्तुत गरिएको थियो । उक्त अवधारणामा सुझाईए अनुसार हस्तकला उद्योग व्यवसाय प्रवद्र्धनको निमित्त सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय संचालनका निमित्त स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियतको व्यवस्था, पुर्नकर्जा कोषको निरन्तरता, महिला तथा यूवाहरुको उद्यमशीलताको लागि बजेट व्यवस्था रोजगारीमूलक सीप विकासको निमित्त कार्यस्थलमा तालिमको व्यवस्थाको निमित्त बजेट विनियोजन हुुनु निकै सराहनीय र स्वागतयोग्य रहेको छ । 

    ३. हस्तकला उद्योग व्ययवसायको दिगो संस्थागत विकासको निमित्त यस महासंघको सक्रियता र पहलमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिवद्धता प्रति नेपाल हस्तकला महासंघ हार्दिक आभार प्रकट गर्दै यो प्रतिवद्धता प्रति स्वागत गर्दछ ।

    उक्त केन्द्र संचालनको निमित्त महासंघ प्रतिबद्ध रहेको र बजेटल केन्द्र संचालनको लागि दिशा निर्देश गरी दिएको भए महासंघ अझ उत्साहित हुने थियो । यसतर्फ पनि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जतिसक्दो चाँडो मार्गप्रशस्त हुने महासंघले अपेक्षा राखेको छ ।

    ४. हाल कोभिड(१९ महामारीको कारण हस्तकलाको आन्तरिक र अन्तर्राष्ट्रिकय बजार संकुचन हुन गएको कारण निकासी तथा रोजगारी ३० प्रतिशतले कमी भएता पनि करीब ८ लाख ब्यक्तिहरु हाल पनि यस क्षेत्रमा संलग्न रहेको महासंघको अनुमान रहेको छ । प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकारको बजेटले संबोधन गरिएको सीप विकास तथा रोजगारी मूलक तालिम कार्यक्रमहरु सराहनिय रहेको छ ।

    यस किसिमका तालिमहरुबाट हस्तकला उद्योग ब्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्न जानुका साथै कोभिड(१९ को कारणबाट विदेशमा रोजगारी गुमाई फर्केका युवायुवतीहरुलाई हस्तकलाका विभिन्न विधाहरुमा सीपमूलक तालीम प्रदान गरी महासंघले स्वरोजगार तुल्याउन सक्ने विश्वास रहेको छ ।

    ५. निकासीकर्ताहरुलाई दिईने नियार्त अनुदानलाई उत्पादकको तहसम्म पु¥याइने तथा निर्यात अनुदानको बृद्धि बढाईने कुरा सकारात्मक तर निर्यातमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन लघु, घरेलु तथा साना उद्यमीले प्राप्त गर्न नसकेकाले उनीहरुलाई नगद प्रोत्साहनको साथै आयकर लगायतका कर छुट तथा म्गतथ म्चबध द्यबअप को सुविधा उपलब्ध गराउनु पर्ने महासंघको माँग रहि आएको छ ।  

    ६. नेपाली हस्तकला क्षेत्रकोे दीर्घकालिन विकासको लागि नेपाल हस्तकला महासंघले तयार गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यान्वयनमा ल्याउनु पर्ने महासंघको सुझाव प्रति पनि बजेट मौन रहेको देखियो । 

    ७. हस्तकला क्षेत्रको दिर्घकालिन विकासको निमित्त सात वटै प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न महासंघले नेपाल सरकारलाई अनुरोध गरेको सम्बन्धमा पनि यस वर्षको बजेटले संबोधन गरेको पाईएन । 

    हस्तकला उद्योग व्यावसायको विकास र प्रवद्र्धनमा दुरगामी प्रभाव पार्ने महासंघले नेपाल सरकार समक्ष प्रस्तुत गरेका धेरै विषयवस्तुहरु प्रति बजेट मौन रहेता पनि समग्रमा बजेटले हस्तकला लगायत घरेलु तथा साना उद्योगको निमित्त निम्न सकारात्मक व्यवास्थाहरु गरेको पाइएको छ ।
    १) प्राईभेट फर्म कम्पनीहरुलाई इजाजत र नबिकरण दस्तुर मिनाह गरी स्वत नबिकरण हुने ब्यवस्था गरिएको ।

    २) स्वदेशी बस्तुको निकासी प्रवद्र्धन गर्न ःबपभ ष्ल ल्भउब,ि ःबमभ ष्ल ल्भउब िअभियान अगाडि बढाईने तथा मौलिक उत्पादनको ब्राण्डिग गरी निकासी प्रवद्र्धन गरिने ।
    ३) पुुर्नकर्जा कोषको निरन्तरता, आयकरमा बिभिन्न समूहमा छुटको ब्यवस्थाका साथ थलिएका उद्योग ब्यवसायलाई राहत दिन बजेटमा ब्यवस्था गरिएको ।


    ४) आयात निर्यात कोड (भ्हष्m अयमभ) ५ बर्ष सम्मको लागि नविकरण गर्न सकिने ,अघिल्लो आर्थिक वर्षको भन्दा थप परिमाण र मूल्यको साम्रगि नियार्त गर्ने नियार्तकर्तालाई थप अनुदान दिने ब्यवस्था गरिने ,नियार्त अनुदानलाई उत्पादकको तहसम्म पु¥याइने ,निर्यात अनुदानको बृद्धि बढाईने तथा एकद्वार निर्यात प्रणाली लागू गरिने र निर्यात गृहलाई बण्डेड वेयर हाउसको सुबिधा दिनाले निकासीको प्रवद्र्धन हुने ।


    ५) मौलिक पहिचान भएका उत्पादनका प्रशोधन, प्याकेिजङ्ग र ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर प्रमाणीकरण सहित निकासी प्रवद्र्धन गर्न निजीक्षेलाई थप सहुलियत प्रदान गरिने तथा सामूहिक ब्यापार चिन्हको बिकास गरिने तथा त्यसको नबिकरण दस्तुर नेपाल सरकारले उपलब्ध गराउने ब्यवस्थाले सरकारबाट यस उद्योगलाई संरक्षण गरिएको ।

     

    ६) उद्योगलाई औद्योगिक क्ष्ोत्र र औद्योगिक ग्राममा स्थान्तरणमा प्रेरित गर्न आयकरमा छुटको ब्यवस्था गरिएको ।

    ७) छिमेकी मुलुकहरुसंगको बाणिज्य तथा ब्यापार सन्धी पुनरालोकन गरिने ।

    ८) भर्चुअल टक«ेड–सो आयोजना गर्न व्यवस्था मिलाइने । उपत्यकामा अन्तर्राष्ट्रिकय स्तरको प्रदर्शनी कक्षको निमार्ण गरिने ।

    ९) पर्यटन प्रवद्र्धनका बिभिन्न कार्यक्रमहरुले देशमा पर्यटकहरु भित्रिन गई स्थानीय हस्तकलाको प्रवद्र्धनमा सहयोग पुग्ने ।

     प्रस्तुत बजेटले नेपाली हस्तकला उद्योग व्यवसाय प्रति गरेको सकारात्मक संबोधनको लागि नेपाल हस्तकला महासंघ नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दै स्वागत गरेको छ । 


    विगतका बजेटमा आएका यस क्षेत्रसँग सम्बन्धित विषयवस्तु र प्रतिबद्धता कार्यान्वयन नभएको तितो यथार्थ रहेको हुँदा यस वर्षको बजेटमा ब्यवस्था गरिएका नीति तथा कार्यक्रमहरु पूर्ण रुपमा कार्यान्वयन हुने यस महासंघले विश्वास लिएको छ । 

    साताको लोकप्रीय