मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

अर्थ डबली
बिहिवार, जेठ २७ २०७८
अर्थ डबली
बिहिवार, जेठ २७ २०७८ (अर्काइभ बाट)
  • मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

    काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आज विस्तार गरेका छन् । तीन जना उपप्रधानमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरिएको ओलीको क्याबिनेटमाराज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रीमण्डल बन्न पुगेको छ ।

    images
    images

    प्रतिनिघि सभा विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको समयमा ओलीले आफ्नै मुढे बलमा मन्त्रीपरिषद् विस्तार गरे । यद्यपि उनैले आफूलाई काम चलाउ सरकारको घोषणा गरेर मंसिरमा चुनावी समय पनि तोकेका छन् ।

    ओलीले गरेको मन्त्रीपरिषद् विस्तारमा रक्षा मन्त्रालय भने आफैंसँग राखेका छन् ।

     
    राष्ट्रपति कार्यालयले बिहीबार  विज्ञप्ति जारी गर्दै ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको जनाएको छ ।

    विस्तारित मन्त्रीमण्डलमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, त्यस्तै, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र को जिम्मेवारी सहित ३ जना उपप्रधानमन्त्री भएका छन् । 

    यस्तै, कास्कीका खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् । पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् । 

    हेर्नुस् मन्त्रीमण्ल विस्तारको नामावाली 

    mantri.jpg

    साताको लोकप्रीय