गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

अर्थ डबली
शुक्रवार, जेठ २८ २०७८
अर्थ डबली
शुक्रवार, जेठ २८ २०७८ (अर्काइभ बाट)
  • गण्डकीमा नयाँ सरकार बन्ने सम्भावना बढ्यो

    गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् ।

    images
    images

    ६० सदस्यीय प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको हो । बैठकमा ५८ सांसद उपस्थित भएकामा एक जना तटस्थ बसे । 

    मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै अब प्रदेश प्रमुखले संविधानको १६८ (९५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्नेछ ।

    प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहितको दाबी पेस गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ । 

    विश्वासको मतमाथि बिहीबार मतविभाजन हुँदा विपक्षमा पनि बहुमत पुगेको थिएन । तसर्थ बहुमतको दाबी अरू कुनै सांसदले पुर्‍याउन नसक्दा ६ महिनाभित्र सम्पन्न गर्ने गरी निर्वाचन घोषणासहित प्रदेशसभा भंग हुनेछ । 

    प्रदेशसभामा एमालेबाट २७, कांग्रेसबाट १५, माओवादी केन्द्रबाट १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे भने बिहीबार मतविभाजन हुँदा अनुपस्थित भए । उनले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन् । 

    जनमोर्चाका तीनमध्ये दुई सांसदले बिहीबार विपक्षमा मतदान गरे । कृष्ण थापा तटस्थ रहे । मनाङेले साथ दिए भने कांग्रेस नेतृत्वमा सरकार गठन हुन सक्छ ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    साताको लोकप्रीय