शेयर बजारको ओरालो यात्रा कायमै : उच्च अङ्कले घटेको बजारमा कुन समूहका लगानीकर्ताहरूले कति गुमाए ? 

शेयर बजारको ओरालो यात्रा कायमै : उच्च अङ्कले घटेको बजारमा कुन समूहका लगानीकर्ताहरूले कति गुमाए ? 

अर्थ डबली
सोमवार, असार ७ २०७८
अर्थ डबली
सोमवार, असार ७ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारको ओरालो यात्रा कायमै : उच्च अङ्कले घटेको बजारमा कुन समूहका लगानीकर्ताहरूले कति गुमाए ? 

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । २.४५ प्रतिशत अर्थात ७१.०६ अङ्कले घटेको नेप्से परिसूचक आज २ हजार ८३४.४१ बिन्दुमा आइपुग्दा थामिएको हो । 

    images
    images

    साताको पहिलो दिन आइतबार ६३.११ अङ्क अर्थात २.१३ प्रतिशतले घटेर २ हजार ९०५.३२ बिन्दुमा झरेको बजारमा आज पुनः ७०.९१ बिन्दुले तल झरेको हो । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि आज ८.३७ अङ्कले घटेर ५२०.१८ बिन्दुमा आइपुगेको छ । 

    आइतबारको तुलनामा बढी अङ्कले घटेको बजारमा आज कारोबार रकममा पनि हिजो आइतबारको तुलनामा सामान्य गिरावट आएको देखिएको छ ।

    अघिल्लो कारोबार दिन ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो दिन २२७ ओटा कम्पनीको एक लाख २७ हजार ८३७ पटकको व्यापारमा २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर खरिदबिक्री भए । 

    सोमबार वित्त र हाइड्रो पावर समूहका लगानीकर्ताहरूले सबैभन्दा बढी ५.२० प्रतिशतले गुमाएका छन् भने विकास बैंक समूहको परिसूचक ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ४.५१ प्रतिशत, निर्जीबन बीमा समूहको २.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.८१ प्रतिशत। जीवन बीमा समूहको २.५१ प्रतिशत र अन्य समूहको परिसूचक २.४० प्रतिशतले घटेको छ । 

    यसैगरी बैंकिङ समूहको परिसूचक १.७८ प्रतिशत, वित्त समूहको १.९९ प्रतिशत, म्यचुअल फण्डको १.३८ प्रतिशत, व्यापारिक समूहको ०.८४ प्रतिशत र लगानी समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ । 

    उच्च अङ्कले घटेको बजारमा आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ९.९७ प्रतिशतले बृद्धि भएको छ । उक्त कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्ता ६५ रुपैयाँले नाफा कमाएका छन् भने कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ रहेको छ । 
    यो दिन पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक बढी नाफा गुमाएका छन् ।

    पोखरा फाइनान्सको शेयरमूल्य प्रतिकित्ता ९.२६ प्रतिशत अर्थात प्रतिकित्ता ६० रुपैयाँले घट्दा अन्तिम मूल्य ५८८ रुपैयाँ कायम भएको छ भने युनिभर्सल पावरको शेयरमूल्य पनि ९.१द्द प्रतिशत अर्थात २८ रुपैयाँले घटेर अन्तिम मूल्य प्रतिकित्ता २७९ रुपैयाँ कायम भएको छ । 

    सोमबारको कारोबार रकममा पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक बढी हिस्सा देखिएको छ । आज उक्त कम्पनीले मात्रै एक अर्ब ३० करोड ६१ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । 

     

     

    साताको लोकप्रीय