बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

अर्थ डबली
शनिवार, असार १२ २०७८
अर्थ डबली
शनिवार, असार १२ २०७८ (अर्काइभ बाट)
  • बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

    बझाङ / तपाईँ बझाङ्गे मकै, आलु र  सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् । 

    images
    images

    कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र  सिमीलाई  ब्राण्डिङ गरी जिल्ला बाहिरका  बजारमा पठाउने तयारी गर्दैछ  ।

    साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको जिल्लाका केही स्थानीय तहले अब आलु जोनको रुपमा पनि छुट्टै पहिचान पाउने भएका छन् । 

    नेपालको धेरै ठाँउमा अत्याधिक माग रहेको बझाङ्गे आलु र  सिमीले बजारमा आफ्नो पहिचान बनाएको छ ।  

    स्थानीयस्तरमा उत्पादित मकै, आलु र  सिमीलाई ब्राण्डिङ गर्न लागिएको केन्द्रका प्रमुख टेकबहादुर बिष्टले जानकारी दिनुभयो । जिल्लामा अधिकांश कृषकको मुख्य खेती आलु, सिमी र मकै हो । 

    जिल्लामा   मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षि बिकास कार्यक्रम कार्यान्वयनमा आएको छ ।

    कार्यक्रम अन्तर्गत बुङ्गल नगरपालीकाको वडा नं  ६ को डिन्नु , वडा नं १ र  २ , जयपृथ्वी नगरपालिकाको पिठालेक, धामीलेक, मष्टाको कोटदेवल तथा दुर्गाथली गाउँपालिकाकोे सैनपसेललाई आलुमा आत्मनिर्भर बनाउन लागिएको उनले बताए । 

    उनले मकै उत्पादन गर्ने क्षेत्रमा २१ लाख बराबरको टिनको बीउ राख्ने भकारी, चार सय थान बीउ सुकाउने पाल, र पाँच  हाते ट्याक्टर सहयोग गर्ने समेत जानकारी दिए । 
     
    यस्तै जिल्लाको तल्कोट गाउपालिका वडा नम्बर ६ र ७ लाई अर्गानिक सिमीमा ब्राण्डिङ गरिने भएको छ । 

    कृषि क्षेत्रको विकास र विस्तारले नै किसानको आयआर्जन वृद्धि हुने भएकाले मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने भएको छ ।

    पहिलो पटक जिल्लामा उत्पादन भएको भिरमौरीको मह, सिमी, मकै र आलु लगाएतका खाद्यान्न सामाग्रीहरुलाई अर्को जिल्लासम्म पुर्याउने लक्ष्य लिएको छ । 

    यसरी उत्पादित कृषि उपजलाई प्याकेजिङ्ग गर्न र सदरमुकाम चैनपुरमा कोसेली घर निर्माणको लागी १२ लाख बिनियोजन गरिएको केन्द्रले जनाएको छ ।  

    केन्द्रले आलु प्याकिङको लागि सामाग्रीको ब्यवस्थापन भैसकेको र आगामी साउन महिना भित्र आलु बजारमा ल्याउने तयारी रहेको जानकारी दिएको छ । 

    साथै स्थानीय तथा राष्ट्रिय बजारमा रु १ करोड ४४ लाख बराबरको ३५ हजार क्विन्टल आलु निर्यात गरिने समेत  केन्द्रले जानकारी दिएको छ । 

    आलुजोनको योजना आएपछि लामो समयदेखि परम्परागत रुपमा खेती गर्दै आएका किसानहरुलाई आधुनिक तरिकाले आलु लगाउन  सिकाएको थियो । 

    अहिले किसानहरु औधि खुशी  छन् । साथै उत्पादनमा अझ अग्रसर हुन थालेका छन । किसानले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र यहाँका किसानको जीवनस्तर माथि उठ्ने विश्वास गरिएको छ ।

    साताको लोकप्रीय