डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

अर्थ डबली
बुधवार, असार २३ २०७८
अर्थ डबली
बुधवार, असार २३ २०७८ (अर्काइभ बाट)
  • डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन

    काठमाडौं / ईलाम कलेजका संस्थापक प्राचार्य श्री डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को विमोचन भएको छ । उनी नेपाली राजनीति विशेषज्ञ, सर्जक –लेखक समेत हुन् ।  उनको कविता डिजिटल विमोचन यही २० असारमा भएको हो । 

    images
    images

    सम्भवतः नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको थियो । 

    एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्व तथा उद्‌घोषणमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथिहरू तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लबहाउसबाट डिजिटल विमोचनमा सरिक थिए । 

    कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वविमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि डा. खगेन्द्र नाथ शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

     
    कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका हुन् ।

     ४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् । एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला– सज्जाको काम सम्पन्न भएको हो । 

    डा। शर्मा भन्छन्, “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । 

    यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु।“

    कवि डा। शर्माको कृति “अकविता” को भौतिक कपि एरो एडमा उपलब्ध छ ।

    साताको लोकप्रीय