दिगो विकासको लागि आफ्नै मौलिक मोडेल किन जरुरी छ ? – डा. सूर्यराज आचार्यको लेख  

दिगो विकासको लागि आफ्नै मौलिक मोडेल किन जरुरी छ ? – डा. सूर्यराज आचार्यको लेख  

अर्थ डबली
बिहिवार, असार २४ २०७८
अर्थ डबली
बिहिवार, असार २४ २०७८ (अर्काइभ बाट)
  • दिगो विकासको लागि आफ्नै मौलिक  मोडेल किन जरुरी  छ ? – डा. सूर्यराज आचार्यको लेख  

    काठमाडौं / नेपाल जस्तो विकासशील देशले विकास–वातावरणबीचको वुद्धिमत्तापूर्ण सन्तुलनको बाटो यकिन गर्नैपर्ने अवस्था आएको छ । 
    पूर्वाधारविद् डा. सूर्यराज आचार्यले यस विषयमा उठान गर्दै विकासका मोडेलहरुबारे आफ्नो टिप्पणी राखेका छन् । 

    images
    images

    डा. आचार्यले दिगो विकासको आफ्नै मौलिक मोडेलको तर्जुमा गर्न जरुरी भएको बताउँदै आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘नत्र विकासलाई जटिल, खर्चिलो, झन्झटिलो र कठिन बनाउने विभिन्न आवरणमा सञ्चालित विकास विरोधी प्रवृत्तिको हामी पनि सिकार हुनेछौं।’


    आज विहिबार एउटा लामो दृष्टिकोण राख्दै ट्वीटमार्फत भने, विकसित देशको समुह (OECD) The Organisation for Economic Co-operation and Development  [ यो एउटा अन्तराष्ट्रि संस्था इकोनोमी को–अपरेसन एण्ड डेभलपमन्ट संस्था हो । ] को जनसंख्या विश्वको कूल जनसंख्याको १८ प्रतिशतमात्रै छ । 

    बाँकी विश्वको विकास र भौतिक– उपभोग इभ्ऋम् को तहमा पुग्दा प्रकृति माथिको दबाब थेग्नै नसक्ने हुनसक्छ । यसकारण अबको युगको विकास र समृद्धिको मोडेल दिगो र मौलिक हुन जरूरी भएको आचार्यको विश्लेषण छ । उनले दुई वटा तहमा नवीनपन जरूरी भएको विषय उठाएका छन् । 

    nada.JPG

    विकसित देशहरूले दिगो विकासका सर्तहरू विकासशील र गरिब मुलुकहरूले मात्र कडाइका साथ पालन गरून् भन्ने किन चाहान्छन् भन्ने विषय पनि उठान गरेका छन्, ‘विकसित देशको खटनपटनमा बनाइएका दिगो–विकासका सबै सर्त लागू गरिएको भए चीनका लागि गरिवीको रेखा मुनि रहेका ८० करोड चिनियाँ जनतालाई गरिबीबाट मुक्त गर्न सम्भव थिएन ।’


     आज विश्वले देखेको चीनको समृद्धि उसले आफ्नै मौलिक विकासका सर्तहरुबाट गरिएको कारण समृद्ध बन्न सकेको कारण नेपाल जस्तो विसकासील मुलुकले पनि यस्ता विषयमा ध्यान दिनै पर्ने जरुरी रहेको पूर्वाधारविद् डा. आचार्यले बताएका छन् ।  

    साताको लोकप्रीय