नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

अर्थ डबली
सोमवार, बैशाख २७ २०७८
अर्थ डबली
सोमवार, बैशाख २७ २०७८ (अर्काइभ बाट)
  • नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ए.पि.एफ अस्पताललाई सहयोग गरेको छ । 

    images
    images

    भयावह रूपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र त्यसको सहजताका लागि नाडाले गत बर्ष पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकोमा यस बर्ष पनि सोही क्रमलाई निरन्तरता दिएको जनाएको छ । 
    नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५००० वटा समेतगरी कूल ५ थरिका मेडिकेटेड सामानहरु उक्त अस्पताललाई सहयोग गरेको हो । 

    एक कार्यक्रममार्फत नेपाल ए.पि.एफ अस्पताल अन्तर्गतको कोभिड-१९ युनिफाईड अस्पतालका प्रा.स प्र उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । 

    ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए ।

    सो कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याई दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आभएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताइन् । 

    त्यस हस्तान्तरण कार्यक्रममा सो अस्पतालकातर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मि अधिकारी समेतको उपस्थिति रहेको थियो । 

    त्यसैगरी, सो कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन महासचिव रिजाले गरेका थिए । 

    साताको लोकप्रीय