काठमाडौँ / सिभिल बैंकले सार्वजानिक निष्काशनमार्फत ३ अर्ब रुपैयाँ बराबरको ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकको ऋणपत्र निष्काशनका लागि प्रत्याभूती सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका छन् ।
निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम ऋणपत्र निष्काशन गर्ने सम्झौता भएको हो ।
जारी गरिने ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
प्रत्याभूतीकर्ताहरू नागरिक लगानी कोषले २ अर्ब रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ३० करोड रुपैयाँ, प्रभु क्यापिटलले ३५ करोड रुपैयाँ र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड रुपैयाँ बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।