वन तथा वन्यजन्तु अपराध के हो ? नियन्त्रणबारे कानुनी व्यवस्था के छ ? [ ३२ बुँदामा ]

वन तथा वन्यजन्तु अपराध के हो ? नियन्त्रणबारे कानुनी व्यवस्था के छ ? [ ३२ बुँदामा ]

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • वन तथा वन्यजन्तु अपराध के हो ? नियन्त्रणबारे कानुनी व्यवस्था के छ ? [ ३२ बुँदामा ]

    काठमाडौं सरकारले वन संरक्षण तथा संवद्र्धनका लागि वार्षिक तथा अर्धवार्षिक लगायत विभिन्न कार्य योजनाहरु ल्याउँछ । वन तथा बन्यजन्तु अपराध नियन्त्रण गर्न विभिन्न ऐन नियमहरु छन् ।

    images
    images

    वन ऐन २०७६ का अनुसार वन भन्नाले पूर्ण वा आशिक रुपमा वा बुट्यानले ढाकिएको क्षेत्र सम्झनु पर्दछ भने राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कवुलियती वन, प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तरप्रादेशिक वन सम्झनु पर्छ  भनि उल्लेख गरिएको छ । 


    स्वामित्वको आधारमा वन दुई किसिमको हुन्छ :

    १. सरकारी वन सरकारको स्वामित्वमा रहेको साथै सरकारद्वारा व्यवस्थापन गरिएको वन।

    २. निजी वन प्रचलित कानुन बमोजिम कुनै व्यतिmगत हक पुग्ने निजी जग्गामा लगाई हुर्काएको वा संरक्षण गरिएको वन 
    व्यस्थापनको आधारमा वन ६ किसिमको हुन्छ । 

    (१) सरकारद्वारा व्यवस्थित वन 
    (२) संरक्षित वन 
    (३) सामुदायिक वन 
    (४) कबुलियती वन 
    (५) धार्मिक वन 
    (६) साझेदारी वन 

    वन्यजन्तुको परिचयः

     आम जनताको बुझाइमा वन्यजन्तु भन्नाले हात्ती, गैँडा, बाघ, चितुवा लगायतका जनावरलाई बुझाउने गर्दछन् भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का अनुसार वन्यजन्तु भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पँछि (एभ्स), घस्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति ( एम्फिवियन्स) र फट्याङग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेतलाई जनाउँदछ भनि उल्लेख गरिएको छ । 

    के हो वन तथा वन्यजन्तुको सम्वन्धी अपराध ?

    क) वनजन्य अपराध
    सामान्यतया वनजन्य अपराध भन्नाले वनमा रहेको रुख विरुवाहरु अनियमित तरिकाले कटान गरी ओसार पसार गर्ने कार्यलाई बुझिन्छ । यद्यपि वनबाट रुख विरुवा कटान गर्नु र ओसार पसार गर्नु मात्र वनजन्य अपराध नभई वन ऐन २०७६ अनुसार निम्न कार्यहरुलाईसमेत वनजन्य भनि परिभाषित गरिएको छ । 

    १. वन क्षेत्रको जग्गा फाँडनु, जोत्नु, खन्नु वा आवाद वा त्यस्तो जग्गाको घर छाप्रो बनाउनु ।

    २ आगो लगाउनु वा आगोलागी हुन जाने कुनै कार्य गर्नु गराउनु । 

    ३.चौपायलाई निषेधित वन क्षेत्रभित्र पसाउनु वा चराउनु ।

    ४. वन क्षेत्रबाट पैदावार हटाउनु, ओसार पोसार गर्नु विक्री वितरण गर्नु ।

    ५.रुख वा विरुवा काट्नु, हाँगा, छिमल्नु, खोटो वा बोक्रा झिक्नु वा कुनैपनि प्रकारले नोक्सानी गर्नु गराउनु ।

    ६. इजाजत प्राप्त गरी रुख काट्नु, ढाल्दा, घिार्सादा वा वन क्षेत्र बाहिर लैजाँदा लापरबाहीसँग अन्य कुनै वन पैदावार हानी नोक्सानी गर्नु

    ७. ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्नु, गोल वा चून पोल्नु वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउनु वा यी वस्तुहरु संकलन गर्नु ।

    ८. वन पैदावार लिन पुर्जी पाएकोमा पूर्जीको शर्त उल्लङ्घन गरी निकासी गर्नु ।

     

    ९. विदेश निकासी गर्न प्रतिबन्ध लागेका वन पैदावार विदेश निकासी गर्नु ।

    १०. वन सिमाना चिन्ह् उखेल्नु, सार्नु, फेर्नु, मेट्नु वा बिगार्नु ।

    ११. नर्सरीमा रहेको वा वृक्षारोण गरिएको विरुवा काट्नु, भाँच्नु , उखेल्नु वा अरु कुनै प्रकारले हानी नोक्सानी गर्नु ।

    १२. नर्सरी वा वृक्षारोपण गरिएको क्षेत्रका खम्बा वार त्यस्ता अरु सम्पत्ति बिगार्नु वा चोरी गर्नु । 

    १३. टाँचा वा निकासा किर्ते वा काठ खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्नु, बिगार्नु वा मेट्नु ।

    १४. शिकार खेल्नु, वन्यजन्तुको आखेटोपहार राख्नु, ओसारपसार गर्नु वा विक्रि वितरण राख्नु ।

    १५ं. वन पैदावारमा आधारित उद्योगले प्रचलित कानुन विपरित वन पैदावार राख्नु ।

    १६. उपभोक्ता समुहका पदाधिकारी वा सदस्यले समुहको हितका नाममा कोषको रकम हिनामिना गर्नुका साथै समुहको विधान तथा कार्ययोजना विपरित कुनै कार्य गर्न गराउनु ।

    १७. यो ऐन र यस अन्तर्गत बनेका नियमको विपरित अन्य कुनै कार्य गर्नु गराउनु ।

    jungle- ban.JPG

    ख) के हो वन्यजन्तु सम्बन्धी अपराध ?

    सामान्यतया वन्यजन्तु सम्बन्धी अपराध भन्नाले गैह््र कानूनी तवरले वन्यजन्तुको शिकार गर्नुका साथै त्यसको अंग ( आखेटापहार) ओसार पसार गर्नु हो भन्ने बुझिन्छ । यद्यपि यस्ता कार्यहरु मात्र वन्यजन्तु सम्बन्धी अपराध नभई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम निन्न कार्यहरुलाई समेत वन्यजन्तु सम्बन्धी अपराध भनिन्छ । 

    १८. राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्र भित्र अनुमति पत्र नलिई प्रवेश गर्नु ।

    १९. राष्ट्रिय निकुञ्ज, आरक्षभित्र नेपाल सरकार स्वयम् वा तोकिएको कार्यविधि बमोजिम करार नगरी कुनै प्रकारको सेवा सुविधा संचालन गर्नु ।

    २०. अनुज्ञा पत्र निलई वन्यजन्तुको शिकार गर्नु वा अखेटोपहार ओसार पसार गर्नु ।

    २१. जनुसुकै पदार्थको घर, छाप्रो, आश्रम वा अरु आकार बनाउनु वा भोग गर्नु । 

    २२. कुनै भू–भागमा कब्जा गर्नु, सफा गर्नु, आवाद गर्नु, खेती गर्नु वा कुनै बाली उब्जाउनु वा काट्नु ।

    २३. घर पालुवा जीवजन्जु वा पंक्षी चराउनु वा पानी खुवाउनु ।

    २४. रुख पालुवा जीवजन्तु वा अन्य कुनै वन पैदावार काट्नु ढाल्नु, हटाउनु, छेक्न्ु वा वन पैदावार सुक्ने कुनै काम गर्नु वा आगो

    लगाउनु वा अरु कुनै प्रकारले हानी नोक्सानी पुर्याउनु । 

    २५. खानी खन्नु, ढुङ्गा खन्नु वा कुनै खनिज पदार्थ, ढुङ्गा, कंकड, माटो वा अन्य यस्तै पदार्थ हटाउनु ।

    २६. हातहतियार वा वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पुुर्याउनु ।

    २७. काजमा खटिएका कर्मचारी वा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्रको प्रचलित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमको जीवजन्तु वा अखेटोपहार लैजानु ।

    २८. राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्नु, फर्काकाउनु वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्नु ।

    २९. इजाजतपत्र नलिई नमुना संकलन गर्नु ।

    ३०. निस्सा वा प्रमाण पत्र नलिई अखेटोपहार रान्नु ।

    ३१. वन तथा वातावरण मन्त्रालयबाट इजाजतपत्र नलिई अखेटोपहार विक्रि वितरण वा व्यवसाय गर्नु ।

    ३२. राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यबवर्ती क्षेत्रको सिमाना बार, पर्खाल, चिन्हपट वा सुचनाहरु नष्ट गर्नु, बिगार्नु, कुरुप पार्नु, हटाउनु वा अन्यथा बाधा अड्चन गर्नु ।

    वनजन्य अपराध गर्ने वा अपराधमा संलग्न हुने व्यक्तिलाई हुने सजाय सम्बन्धी कानुनी व्यवस्था :


    १. वन ऐन, २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा दर्ता गरे गराएमा व्यक्तिगतलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म वा दुवै सजाय हुनेछ ।

    २. निषेध गरिएको वन क्षेत्रमा प्रवेश गरेमा त्यस्तो व्यक्तिलाई एक महिनासम्म कैद वा एक हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    ३.राष्ट्रिय वन फाँडने वा वनक्षेत्रको जग्गा जोत्ने , खन्ने , खनिजकार्य उत्खनन गर्ने , आवाद गर्ने घर छाप्रो बनाउने , व्यवसाय संचालन गर्नेवा अतिक्रमण गर्ने काम गरे गराएमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयासम्म जरिवाना वा दुवै सजाँय गरी सो जग्गामा बनाएको घर वा छाप्रो समेत जफत हुनेछ । त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए निजलाई सो बाफत हुने सजाँय समेत हुनेछ । 

    ४. वनमा आगो लगाउने आगलागी हुन जाने कुनै कार्य गर्ने गराउनेलाई क्षति भएको बिगो असुल गरी तीन वर्ष सम्म कैद वा साठी हजारसम्म जरिवाना हुनेछ ।

    ५. निषेध गरिएको वनक्षेत्र भित्र चौपाय प्रवेश गराएमा वा चराएमा चौपायको जात र विगा हेरी प्रति चौपाय पचास हजार रुपैँयादेखि एक हजार रुपैँयासम्म जरिवाना हुनेछ । 

    ६. राष्ट्रिय वनक्षेत्रबाट वन पैदावार हटाउने , ओसारपसार वा विक्रि वितरण गर्ने वा घाटगद्दी राखेको वन पैदावार हटाउने वा चोरी गर्ने , वन क्षेत्रबाट बग्ने नदीबाट ढुङ्गा , गिट्टी , बालुवा वा माटो झिक्ने , गोल वा चुन पोल्ने वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउने वा संकलन गर्ने र खनिज पदार्थ निकाल्ने वा संकलन गर्ने काम गरेमा वा वन चून पोल्ने वा  यी वस्तुहरुबाट अरु  तयारी माल बनाउने वा संकलन गर्ने र खनिज पदार्थ निकाल्ने वा संकलन गर्ने काम गरेमा वा वन पैदावार लिन पाएको पूर्जीको शर्त उल्लंघन गरी वन पैदावार नोक्सानी गरेमा कसुुरसँग सम्बन्धी वन पैदावार जफत गरी विगो अनुसार एक हजार रुपैँयादेखि विगोको दोब्बर जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    ७. विदेश निकासी गर्न प्रतिवन्ध लागेको वन पैदावार विदेश निकासी गर्नेलाई कसुरसँग सम्न्धित वन पैदावार जफत गरी तीन वर्षसम्म कैद वा विगोको दोब्बर जरिवाना दुवै सजाय हुनेछ ।

    ८. वन सिमाना चिन्ह् उलैख्ने , सार्ने, फेर्ने वा बिगार्ने वा टाँचा वा निसान किर्ते गर्ने वा काठ खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्न, विगार्न वा मेट

    ५. रुख वा विरुवा काट्नु, हाँगा बिगा छिमल्नु, खोटो वा बोक्रो झिक्नु वा पनि प्रकारको नोक्सानी गर्नु गराउन

    ६. इजापत्र प्राप्त गरी रुख काट्दा, ढाल्दा, घिर्सादा वा वन क्षेत्र बाहिर लैजादा लापरबाहीसँग अन्य कुनै वन पदैवार हानी नोक्सानी गर्नु ।
    ढुङ्गा, गिट्टी, बालुवा वा माटो झिक्नु, गोल वा चुन पोल्नु वा यी वस्तुहरुबाट अरु तयारी माल बनाउनु वा यी वस्तुहरु संकलन गर्नु 

    ७. वन पैदावार लिन पाएकोमा पुर्जीको शर्त उल्लङ्घन गरी गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी तीन वर्षसम्म कैद वा विगोको दोब्बर जरिवाना वा दुवै सजाय हुनेछ । 

    ८. वन सिमाना चिन्ह् उलेख्ने, सार्ने, फेर्ने वा विगार्ने वा टाँचा वा निसान किर्ते गर्ने वा काठ  खडा रुखमा लगाइएका सरकारी टाँचा, निसान फेर्ने, बिगार्र्ने वा मट्नेलाई एक वर्षसम्म कैद  र बीस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    ९. नर्सरीमा रहेको वा वृक्षारोपण गरिएको बिरुवा काट्ने, भाच्ने, उखेल्ने वा अरु कुनै प्रकारको नोक्सानी गर्नेलाईप्रति बिरुवाको पाँचसयसम्म जरिवाना हुनेछ र सोहि कसुर पुन ः गर्नेलाई कसुरको मात्रा अनुसार प्रत्येक पटक एक वर्षसम्म कैद वा वीस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    १०. शिकार खेल्ने, वन्यजन्तुको ओखेटोपहार राख्ने, ओसारपसार गर्ने वा विक्रि वितरण काम गरेमा वन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानून बमोजि सजाय हुनेछ । 

    ११. उपभोक्ता समुहका पदाधिकारी वा सदस्यले समुहको हितको नाममा कोषको रकम हिनामिना गर्ने र त्यस्तो समुहको विधान तथा कार्ययोजना विपरित कुनै कार्य गरेमा विगो भए विगो असुल गरी एक वर्षसम्म कैद वा बीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ । 

    १२.वन ऐन २०७६ र यस ऐन अन्र्तगत बनेको नियमको विपरित अन्य कुनै कार्य गरेमा विगो भए विगो असुल गरी छ महिनासम्म कैद वा दस हजार रुपैँयासम्म जरिवाना हुनेछ । 

    १३. मनासिव माफिकको कारण नभई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा सुरक्षाकर्मीले रिसईविले वा हैरानी गर्ने नियतले मालवस्तु कब्जा गरेमा वा कसैलाई पक्राउ गरेमा त्यस्ता कर्मचारीलाई  पचास हजार रुपैँयासम्म जरिवाना हुनेछ ।

    १४. वन ऐन २०७६ बमोजिम सरकारी कर्मचारीले आफ्रनो पदिय कर्तव्य पालन गर्दा कसैले बाधा अड्चन वा तीन पुर्याएमा निजलाई पाँच हजार रुपैँयासम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ  ।

    १५. वन ऐन २०७६  अन्तर्गतको कसुर गर्न दुरुत्साहन दिने वा मिलामतो गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सरहको सजाय हुनेछ ।

    १६. वन ऐन २०७६ अन्तर्गतको कसुर गर्न दुरुत्साह दिने वा मिलोमतो गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सरहको आधा सजाय हुनेछ ।

    १७. कसैले वन ऐन २०७६ बमोजिम सजाय हुने कसुर गरेको ठहरेमा हतियार, चौपाया र अन्य साधनहरु जफत हुनेछ ।

    वन्यजन्तु सम्बन्धी अपराध गर्ने वा अपराधमा संलग्न हुने व्यक्तिलाई हुने हुने सजाय सम्बन्धी कानूनी व्यवस्था :

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , १०२९ अनुसार १. गैरकानुनी तरिकाले गैडा , बाघ, हात्ती , कस्तुरी , मृग , ध्वाँसे ,चितुव, हिउँ चितुवा वा गैरी गाई मार्ने , घाइते बनाउने , खरिद गर्ने , बिक्रि गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैडाको खाग वा कस्तुरीको विना , हिउँ , चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित अखेटोपखर खरिद गर्ने , विक्रि गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैँयासम्मद श लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । 

    jungle- ban.JPG

    २. गैँडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिँउ चितुवा वा गौरी गाई बाहेक अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैँयादेखि पाँचलाखसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    ३. राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तुु आरक्ष संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भित्र अनुज्ञापत्र नलिइ पंक्षी र माछा बाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा बिस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

    ४.संरक्षित पंक्षि शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैँयादेखि तिस हजार रुपैयासम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ५. राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भित्र अनुज्ञापत्र नलिइ संरक्षित पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा बिस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ६. कसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तगरत ईजाजत प्राप्त नगरी वन्यजन्तु पालन वा प्रजनन गरे गराएमा वा चिडियाखाना संचालन गरेमा छ महिनासम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

    ७. कसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अुनसार कसुर हुने कुनै अपराधको उद्योग गरेमा त्यस्तो उद्योग गर्नेलाई संरक्षित वन्यजन्तु सम्बन्धि अपराधको उद्योग भए कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

    ८. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तरगत बनेका नियम विपरित विपरित कसुर गर्ने व्यक्तिलाई विगो कायम भएकोमा विगोको दाब्बर जरिवाना र एक वर्षसम्म कैद र विगो कायम नभएको कसुरमा कसुरको मात्रा हेरी विस हजार रुपैँयासम्म जरिवाना  वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

    ९. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ अन्तरगत कसुर ठहरिने कुनै अपराध गर्ने व्यक्तिालाई जानि जानि मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधी सजाय हुनेछ तर गैडा, कस्तुरी मृग र हात्ति सित सम्बन्धित कसुर गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजाय सरहनै सजाय हुनेछ ।

    १०.राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन , २०२९ अन्तरग बनेका नियमहरुको उल्लंघन गर्ने कसुरदार दोषी ठहरिएमा मुद्दा, हेर्ने अधिकारीले सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीको साधन र  अन्य वस्तरुहरु जफत गर्न सक्नेछ ।

    (श्रोतः डिभिजन वन कार्यालय काठमाडौंको ब्रोसरबाट लिइएको)

    साताको लोकप्रीय