नेशनल लाइफ इन्स्योरेन्सको फड्को : बीमा शुल्क १२ अर्ब बढी, दोस्रो स्थानमा उक्लियो कम्पनी 

नेशनल लाइफ इन्स्योरेन्सको फड्को : बीमा शुल्क १२ अर्ब बढी, दोस्रो स्थानमा उक्लियो कम्पनी 

अर्थ डबली
मंगलवार, साउन ५ २०७८
अर्थ डबली
मंगलवार, साउन ५ २०७८ (अर्काइभ बाट)
  • नेशनल लाइफ इन्स्योरेन्सको फड्को : बीमा शुल्क १२ अर्ब बढी, दोस्रो स्थानमा उक्लियो कम्पनी 

    काठमाडौँ / जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनीले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक बर्षमा २०७७/०७८मा उल्लेखनिय प्रगति गर्दै कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु-याउन सफल भएको हो । 

    images
    images

    प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिनेर दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्प्नीले नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको जनाएको छ । 

     कम्पनीले अझै प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता उत्साहित र विश्वस्त रहेको बताइएको छ । 

    बीमा समितिका अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क रु.३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाइफको रु.३ अर्ब १९ करोड सङ्कलन गरी चौथो स्थानमा रहेको छ । 

    आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क सङ्कलन गर्न सफल भएको हो । 

    त्यस्तै, नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क सङ्कलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क सङकलन गरेको हो । 

    सबै वित्तिय सूचाङ्कमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको  छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ । 

    साताको लोकप्रीय