ज्योति लाइफ इन्स्योरेन्सले बोलायो सधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव 

ज्योति लाइफ इन्स्योरेन्सले बोलायो सधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव 

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • ज्योति लाइफ इन्स्योरेन्सले बोलायो सधारणसभा, आइपिओ जारी गर्ने प्रस्ताव 

    काठमाडौँ / ज्योति लाइफ कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले  ज्ञानेश्वर, काठमाडौंमा यही कात्तिक २६ गते गर्ने भएको हो ।

    images
    images

    कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । 

    सभाले संचालक समितिको प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने र लेखापरिक्षकको नियुक्तिको निर्णय तथा पारिश्रमिक तोक्ने बताइएको छ । 

    साथै साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    हाल कम्पनीले संस्थापक सेयरधनीहरुबाट १ अर्ब ५४ करोड रुपैयाँको चुक्तापुँजी रहेको छ भने अब २ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि ४६ करोड रुपैयाँ बराबरको ४६ लाख कित्ता सेयर बिक्री गर्नुपर्दछ । 

    साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेपछि भने कम्पनीले आइपिओ निष्काशनको अनुमति माग गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डका निवेदन दिनेछ। 

     

    साताको लोकप्रीय