अब प्रभु बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले  क्यूआर कोड स्क्यान गरी नगद झिक्न सक्ने 

अब प्रभु बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले  क्यूआर कोड स्क्यान गरी नगद झिक्न सक्ने 

अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २७ २०७७ (अर्काइभ बाट)
  • अब प्रभु बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले  क्यूआर कोड स्क्यान गरी नगद झिक्न सक्ने 

    काठमाडौँ / अब प्रभु बैंक लिमिटेडका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरी नगद झिक्न सक्ने भएको छ । बैंकले क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएपछि मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले यस्तो सुविधा पाउने भएका हुन् । 

    images
    images

    यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो ।

    यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । आज बैंकले जारी गरेको एक विज्ञप्ति अनुसार यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुहुनेछ ।

    बैंकले सञ्चालनमा ल्याएको यस नविनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

     

    साताको लोकप्रीय