सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा, गोलधाप झापामा, प्रतिनिधि सुमन राइ नियुक्त

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा, गोलधाप झापामा, प्रतिनिधि सुमन राइ नियुक्त

अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७
अर्थ डबली
बिहिवार, मंसिर ४ २०७७ (अर्काइभ बाट)
  • सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा, गोलधाप झापामा, प्रतिनिधि सुमन राइ नियुक्त

    काठमाडौं/  सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

    images
    images

    सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ ।

    बिहिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका मेयर हरि कुमार राना मगरको उपस्थिती रहेको थियो ।  

    सो समारोहमा अर्जुनधारा नगरपालिका मेयर श्री राना मगर र बैंकको प्रदेश १ का प्रमुख विवेक कुमार निरौलाले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको थियो । 

    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

     यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्धेश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

    साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ । 

     

    साताको लोकप्रीय