वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निशुल्क TVS  जाँच र विशेषज्ञ परामर्श योजना 

वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निशुल्क TVS  जाँच र विशेषज्ञ परामर्श योजना 

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • वात्सल्यले ल्यायो ४० वर्ष माथिका महिलाका लागि निशुल्क TVS  जाँच र विशेषज्ञ परामर्श योजना 

    काठमाडौं/  निःसन्तान दम्पतिका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा उपलब्ध गराउन शुरुवात गरेका केहि स्वास्थ्य सँस्था मध्येको एक वात्सल्य आईभिएफ हो ।

    images
    images

    जसले निरन्तर आफ्नो सेवालाई थप गुणस्तरीय बनाईरहेको संस्थाले दावी गर्दछ । 

    सफलता दर अझ उच्च बनाउन यसले हालैमा स्पर्म डीएनए फ्राग्मेन्टेसन र हाइकोसी जस्ता नयाँ प्रविधि भित्र्यायो तर आईभिएफ सफलता प्रविधिसँगै उपचारमा संलग्न विशेषज्ञ, दम्पतिको उच्च मनोबल, सकारात्मक सोच र विशेषज्ञको विशेष निगरानी जस्ता मनोवैज्ञानिक कारणले पनि प्रभावित हुन्छ। 

    निः सन्तान विशेषज्ञ को मिजासिलो व्यवहार, उचित परामर्श, आवश्यक चेक–जाँचका लागि उपलब्धता आदिले पनि सफलतामा निकै ठूलो भूकिमा खेल्ने देखिएको छ । 

    त्यसैले, सेवाग्राहीलाई निजीकृत सेवा प्रदान गर्न वात्सलले आफ्नो निःसन्तान विशेषज्ञको संख्या वृद्धि गरेको छ ।

    वात्सल्यमा आबद्ध दुई नयाँ विशेषज्ञमध्ये डा. सुमी मुनाकर्मी विगत ५ वर्षदेखि यसै क्षेत्रमा कार्यरत छन् । र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बाट एमडीमा गोल्ड मेडलिष्ट पनि हुन् । यस्तै डा. निजा राजभण्डारी ले लखनउमा छात्रवृत्ति मार्फत् क्ष्ख्ँ सम्बन्धि  अध्ययन  गरेका छन् । 

    विगत ३ वर्षको सेवामा आफ्नो कार्य दक्षताका कारण उहाँले “सर्वोत्कृष्ट कर्मचारी” उपाधि पनि प्राप्त गरेका छन् । 

    उपचारमा उनीहरुको संलग्नताले सफलता दरमा थप टेवा पुग्ने विश्वास वात्सल्यले लिएको छ ।

    खासगरी ४० वर्ष माथिका महिलाले धेरै वर्ष सन्तान प्राप्त गर्न नसक्दा हरेश खाइसकेका हुन्छन् । 

    उचित निदान र उपचार गरे  सन्तान प्राप्ति सम्भव भएको कारण, आधुनिक उपचारको सम्भावना पहिल्याउन मद्दत गर्न वात्सल्यले उहाँहरुको लागि श्रावण मसान्त सम्म लागू हुने गरी निः शुल्क टिभिएस जाँच तथा निस्शुल्क चिकित्सक परामर्शको योजना ल्याएको छ ।

    यसले IUI / IVF का साथै अन्य निस्सन्तान उपचार विधिबारे जान्नेर बुझ्ने मौका प्रदान गर्ने विश्वास वात्सल्यले लिएको छ ।

     

    साताको लोकप्रीय