चाडै नै डेल्टा भाइरसभन्दा खतरनाक अर्को कोभिड-१९ भेरियन्ट आउन सक्ने डब्लुएचओको चेतावनी 

चाडै नै डेल्टा भाइरसभन्दा खतरनाक अर्को कोभिड-१९ भेरियन्ट आउन सक्ने डब्लुएचओको चेतावनी 

अर्थ डबली
बुधवार, साउन ६ २०७८
अर्थ डबली
बुधवार, साउन ६ २०७८ (अर्काइभ बाट)
  • चाडै नै डेल्टा भाइरसभन्दा खतरनाक अर्को कोभिड-१९ भेरियन्ट आउन सक्ने डब्लुएचओको चेतावनी 

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधवार मानव जातिकोले चाडै नै हालको डेल्टा संस्करणको तुलनामा अझै बढी संक्रामक र खतरनाक कोरोना भाइरसको भेरियन्टको सामना गर्न सक्ने भन्दै चेतावनी दिएको छ । 

    images
    images

    डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयसियसले अन्तर्राष्ट्रिय ओलम्पिक समितिको १३८ औं सत्रलाई भनेका छन् कि प्रसारण जति बढी हुनेछ, डेल्टा संस्करणको तुलनामा कोभिड - १९को अझ बढी खतरनाक र संक्रामक रूपहरू देखा पर्नेछ ।

    जति धेरै भेरियन्टनहरु देखिनेछ त्यति नै बढी आशंका बढ्नेछ कि उनीहरूमध्ये खोपबाट बच्न सक्ने सम्भावना बढी हुन्छ या हामी सबैलाई पुरानै अवस्थामा फर्काउनेछ जहाँबाट खोप र उपचारको शुरुवात गरिएको थियो । 

    गेब्रेयसियसले भने, “विश्वभर खोपको आविष्कार र खोप अभियानको शुरूवातको साथसाथै महामारीको रोकथामका अन्य उपायको बावजुद विश्वमा एक अर्को करोना भाइरसको लहर आइरहेको छ । उनले यसको कारण प्रत्येक देशका लागि खोपमा समान पहुँचको अभाव हुनु यसको प्रमुख कारण बताएका छन् । 

    विशेष गरी कम आय भएका देशहरूमा जनसंख्याको केवल एक प्रतिशतले खोपको कम्तीमा एउटा डोज पाएको छ भने विकसित देशहरूमा आधाभन्दा बढी जनसंख्याले खोपको एक डोज पाएको छ।

    डब्ल्यूएचओ प्रमुखले हाल विश्वभरका धेरै देशहरूमा खोप बाँडफाँड गर्नका लागि अभाव भइरहेको बताएका छन् । उनले महामारीको विरुद्ध लड्न अन्य रोकथामका उपायमा साथ दिन धेरै देशका साथ अन्यायका साथै यसले ‘सामाजिक र आर्थिक उथलपुथल’ पनि निम्त्याएको बताएका छन् । 

    कोरोना भाइरस पैलिनुमा यो पक्ष सबैभन्दा बढी जिम्मेवार रहेको उनले बताए । महत्त्वपूर्ण कुरा, ११ मार्च २०२० मा डब्ल्यूएचओले कोरोनालाई महामारीको रूपमा घोषित गरेको थियो । 

    जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर १९.१३ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण भइसकेको छ र ४० लाभन्दा बढीको मृत्यु भएको छ । 

    साताको लोकप्रीय