एनएमबि बैंकद्वारा २० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन, बर्षिक ब्याजदर कति ? 

एनएमबि बैंकद्वारा २० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन, बर्षिक ब्याजदर कति ? 

अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७
अर्थ डबली
बिहिवार, मंसिर २५ २०७७ (अर्काइभ बाट)
  • एनएमबि बैंकद्वारा २० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन, बर्षिक ब्याजदर कति ? 

    काठमाडौँ / एनएमबि बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    images
    images

    कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्ने प्रक्रिया अगाडि बढाएको हो । 

    बैंकले मंगलवार सात वर्षे अवधिको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासन गर्ने तयारी गरेको छ भने लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याजदर रहने जनाएको छ । कम्पनीले ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ । 

    कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने तयारी बैंकको छ । 

    साताको लोकप्रीय