एशियन लाइफ इन्स्योरेन्सको साउन ३१ गते साधारणसभा : १७ गते बुक क्लोज हुने, केके छन् प्रस्तावहरू

एशियन लाइफ इन्स्योरेन्सको साउन ३१ गते साधारणसभा : १७ गते बुक क्लोज हुने, केके छन् प्रस्तावहरू

अर्थ डबली
शुक्रवार, साउन ८ २०७८
अर्थ डबली
शुक्रवार, साउन ८ २०७८ (अर्काइभ बाट)
  • एशियन लाइफ इन्स्योरेन्सको साउन ३१ गते साधारणसभा : १७ गते बुक क्लोज हुने, केके छन् प्रस्तावहरू

    काठमाडौँ / एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा साउन ३१ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको यही असार ७ गते बसेको सञ्चालन समितिको १६३औं बैठकले कम्पनीको १२ औँ वार्षिक साधाण सभाको मिति तय गरेको हो । 

    images
    images

    साधारण सभा प्रयोजनका लागि कम्पनीको यही साउन १७ गते एक दिनका लागि शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ । सभाले सामान्य प्रस्तावहरूअन्तर्गत सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रस्तावहरूमा छलफल गरी पारित गर्नेछ भने लेखा परीक्षाको प्रतिवेदनसहितको आर्थिको बर्ष २०७५/०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहो विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरूमाथि छलफल गरी पारित गर्नेछ । 

    त्यस्तै, संस्थापक शेयरधनी (समूह क)को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद–४ र सर्वसाधारण शेयरधनी (समूह ख)को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद २ को निर्वाचन गर्ने र १ जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने विषयमा पनि छलफल गर्नेछ ।

    सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफ ६(२)को संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । 
    यसैगरी कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफ १०५ उपदफा १(ग)ले निर्धारण गरेको सीमा भन बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने बताइएको छ ।

    सभाले अर्को प्रस्ताव बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा र विवध विषयमा छलफल गरी प्रस्ताव पारित गर्नेछ । 

    साताको लोकप्रीय