मौसम र प्रदुषणका कारण नाक बन्द र घाँटी दुख्ने समस्या छ ? यसरी घरमै गर्नुस् उपचार

मौसम र प्रदुषणका कारण नाक बन्द र घाँटी दुख्ने समस्या छ ? यसरी घरमै गर्नुस् उपचार

अर्थ डबली
शुक्रवार, साउन २९ २०७८
अर्थ डबली
शुक्रवार, साउन २९ २०७८ (अर्काइभ बाट)
  • मौसम र प्रदुषणका कारण नाक बन्द र घाँटी दुख्ने समस्या छ ? यसरी घरमै गर्नुस् उपचार

    मौसमको परिवर्तनसँगै नाक र घाँटीको समस्या पनि सुरु हुन्छ। यस्तो अवस्थामा, धेरै व्यक्ति डाक्टरकहाँ पनि जाँदैनन् । यस्तोमा उनीहरू घरमै पेनकिलरको सेवन गर्छन् तर बारम्बार सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुँदैन । 

    images
    images

    यसले तपाईंको प्रतिरक्षालाई असर गर्दछ, त्यसैले तपाईंले यी साना समस्याहरूको घरेलु उपचार लिनुपर्दछ। आउनुहोस्, घरेलू उपचारको बारेमा जानकारी लिनुहोस् ।

    तातो र झोलिलो पदार्थ पिउनुहोस्
    नाक बन्द र घाँटीको दुखाई समस्याबाट बच्न, न्यानो झोलिलो पदार्थ पिउनुहोस्। मनतातो पानी पिउनुहोस् । अदुवा चिया, कालो चिया, ग्रीन टि र काँढा जस्ता चिजको सेवन गर्नाले प्रदूषण र मौसम परिवर्तन मौसम परिवर्तनको प्रभावबाट बच्न सकिनेछ । 

    Tamakoshi pachai.JPG

    मरिच र मह सेवन गर्नु 
    मरिच र महको मिश्रणले नाक र घाँटीको समस्याबाट बच्न सकिनेछ । यसका साथै बर्षा र प्रदुषणका कारण पनि हुने स्वास्थ्य समस्यामा यसले काम गर्छ । 

    एक चम्चा महमा २ देखि ३ चुट्की पिसेको धूलो कालो मरिच मिसाउनुहोस् र  राती सुत्नु अघि सेवन गर्नुहोस्। याद राख्नुहोस् कि एकै पटकमा सेवन गर्नुभन्र्दा यसलाई बिस्तारै चाट्दा पनि बढी लाभ मिल्ने बताइन्छ । यदि समस्या अधिक छ भने, दिनको दुई पटकसम्म यसको सेवन गर्न सक्नुहुन्छ । 

    बाफ लिनुहोस्

    भिसको माध्यमबाट बन्द रहेको नाक खोल्नु सबैभन्दा सजिलो तरिका हो । घाँटीमा लगाउदा पनि यसले आराम दिन्छ । तपाई बन्द रहेको नाक र घाँटी दुखाईको समस्याबाट मुक्ति पाउन चाहानु हुन्छ भने तातो पानीमा भिस राखेर वाफ लिन सक्नुहुन्छ । 

    खानामा लसुन समावेश गर्नुहोस्
    वर्षा मौसममा खानामा लसुन प्रयोग गर्नुहोस् । यदि सम्भव भएमा काचो लसुन चपाएर खानुहोस् । 

    यदि तपाई काँचो लसुन चपाएर खान सक्नुहुन्न भने दाल वा तरकारीमा लसुनको प्रयोग जरुर गर्नुहोस् । लसुनको अचारले पनि शरीरलाई तातो बनाई राख्छ र नाक र घाँटीसँग सम्बन्धित समस्याबाट बचाउँछ । 

    Tamakoshi pachai.JPG

    दूधमा अदुवा पकाएर सेवन गर्नुहोस् 

    चिसोका कारण स्वास्थ्यमा समस्या भएमा दुध पिउन नहुने बताइन्छ । किनकि यस्तो अवस्थामा दुधले खोकी लाग्न सक्दछ तर अदुवा राखेर पकाइएको बेसार मिसाइएको दुध पिउनाले रुघाखोकी र घाँटीको समस्यामा तुरुन्त राहत मिल्न सक्छ । तपाई बिहान र बेलुकीको समयमा यसको सेवन गर्न सक्नुहुन्छ । 

    साताको लोकप्रीय