एमएडब्लु इन्टरप्राइजेजद्वारा स्कोडाको एसयुभी स्कोडा कुशाक बिक्री सुरु, कति तोकियो सुरुवाती मूल्य ?

एमएडब्लु इन्टरप्राइजेजद्वारा स्कोडाको एसयुभी स्कोडा कुशाक बिक्री सुरु, कति तोकियो सुरुवाती मूल्य ?

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • एमएडब्लु इन्टरप्राइजेजद्वारा स्कोडाको एसयुभी स्कोडा कुशाक बिक्री सुरु, कति तोकियो सुरुवाती मूल्य ?

    काठमाडौँ / नेपाली बजारमा नयाँ कुशाकको टेस्ट डइभ तथा बुकिङ शुरू भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको हो । 

    images
    images

    देशभरका स्कोडा सोरुमबाट गर्न सकिने यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध हुने स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए । 

    विशेषता 
    एसयुभी स्कोडा कुशाकमा रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस र फ्युचर–प्रुफ भएको कम्पनीले जनाएको छ। 

    यसमा टीएसआई प्रविधि राखिएको छ। जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको समिश्रण हो। पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन रहेको छ । 

    यसैगरी यस गाडीमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन्। जसले ड्राइभिङलाई सहज बनाउने कम्पनीको दाबी छ।

    नयाँ एसयुभी स्कोडा कुशाकमा ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम उचाइ रहेको छ भने  यसको ह्विलबेस २६५१ एमएम छ। जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ। 

    स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ। यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टीफङ्सन स्टेरिङ छ। 

    कम्पनीका अनुसार यसको बुट क्षमता ३८५ लिटर हो। जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ। 

    यसैगरी एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ। जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ। त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ। 

    स्टाइल भेरियन्टमा ग्रे डिजाइन गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ। 

    नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ। जसले डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ। 

    ३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७.८ एनएम टर्क उत्पन्न गर्छ। यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ।

    एसयुभी स्कोडा कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध बजारमा आएको गाडी हो । यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ। एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ भने एक्टिममा १७।७८ सेन्टिमिटरको टचस्क्रिन छ। 

    यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ। कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्ने निर्देश अग्रवालले जानकारी दिए । 

    कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो। साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ। साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ।

    ६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ। बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ। 

    यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ। साथै एबिएस, इबिडी, एक्सडीएससहितको इडीएस, एचबिभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर छन्। 

    मूल्य र उपलब्धता 

    कम्पनीले एसयुभी स्कोडा कुशाकको सुरुवाती मूल्य नेपाली बजारमा एक्टिभ एमटी भेरियन्टलाई ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसैगरी एम्बिसन एमटी भेरियन्टलाई ५३ लाख ९० हजार रुपैयाँ, एम्बिसन एटी भेरियन्टलाई ५८ लाख ९० हजार रुपैयाँ स्टाइल एमटी भेरियन्टलाई ६० लाख ९० हजार रुपैयाँ र स्टाइल एटी भेरियन्टलाई ६५ लाख ९० हजार रुपैयाँ पर्नेछ ।

    देशभरका देशभरका स्कोडा सोरुमबाट यस गाडी खरिद गर्न सकिनेछ । एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर योजना सार्वजनिक गरेको छ। पाँच वर्षका लागि  ५.९९ प्रतिशत ब्याजदरमा ग्राहकले कुशाक किन्न सक्नेछन्।  

     

     

     

    साताको लोकप्रीय