मौद्रिक नीति रोकेको छैन, मलाई हिरो बन्नु छैन, काम गर्नु छ – अर्थमन्त्री शर्मा 

नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु

अर्थ डबली
बिहिवार, साउन १४ २०७८
अर्थ डबली
बिहिवार, साउन १४ २०७८ (अर्काइभ बाट)
  • मौद्रिक नीति रोकेको छैन, मलाई हिरो बन्नु छैन, काम गर्नु छ – अर्थमन्त्री शर्मा 

    काठमाडौं /  नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको विषय मिडियामा सम्प्रेषण भइरहेका समय अर्थमन्त्री जनार्दन शर्माले स्पष्ट पारेका छन् । उनले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको पत्रकार सम्मेलनमा बताए ।

    images
    images

    बरु अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएको बताउँदै आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको र नगर्ने बताए । 

    मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने बताए । आज बुधबार मन्त्री शर्माले  गभर्नरलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नगराउन बताए । 

    चालु आर्थिक वर्षको १४ दिन बितिसकेको छ । केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा भइरहेको छ । 

    वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उनले स्पष्ट पारे । 

    आम नागरिकलाई अप्ठेरो हुनु भएन, मन्त्री शर्माले भने, मैले केही सुझाव दिएको छैन । 

    रोकेको त हुँदै  नभएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु, उनले भने । 

    ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए ।

    अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।

    जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको उनले बताए । 

    शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लाग्नुपर्ने बताए । 

    janardan sharma - artha.JPG

    आफू नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने  बताए । बरु आफूलाई सल्लाह दिन आग्रह गरे । 

    कुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्ने उनको तर्क थियो । मलाई धेरै चिन्ता छ, उनले भने । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार भएको बताए । 

    मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताए । ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोप सम्झै , भने, मैले कमेन्ट गरिनँ । पछि असत्य साबित भइ आफैं विस्तापित भएको छ । भयो । 

    मन्त्री शर्माले भने – यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर छ । आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु, उनले भने । 

    त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीति बनाउन सघाउ पुग्ने बताए । अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।

    सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताए । 

    ढुंगानाले भने, हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ । 

    श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन

    मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गरे ।

    कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो– शर्माले भने ।

    केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । 

    श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ, मन्त्री शर्माले भने,आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्‍यो, कसले कति गरेन पनि भन्दिनँ ।

    मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन् । 

    नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।मौद्रिक नीति रोकेको छैन, मलाई हिरो बन्नु छैन, काम गर्नु छ –अर्थमन्त्री शर्मा 

    काठमाडौं ÷ नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको विषय मिडियामा सम्प्रेषण भइरहेका समय अर्थमन्त्री जनार्दन शर्माले स्पष्ट पारेका छन् । उनले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको पत्रकार सम्मेलनमा बताए ।

    बरु अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएको बताउँदै आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको र नगर्ने बताए । 

    मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने बताए । आज बुधबार मन्त्री शर्माले  गभर्नरलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नगराउन बताए । 

    चालु आर्थिक वर्षको १४ दिन बितिसकेको छ । केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा भइरहेको छ । 

    वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उनले स्पष्ट पारे । 

    आम नागरिकलाई अप्ठेरो हुनु भएन, मन्त्री शर्माले भने, मैले केही सुझाव दिएको छैन । 

    रोकेको त हुँदै  नभएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु, उनले भने । 

    ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए ।

    अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।

    जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको उनले बताए । 

    शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लाग्नुपर्ने बताए । 

    आफू नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने  बताए । बरु आफूलाई सल्लाह दिन आग्रह गरे । 

    कुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्ने उनको तर्क थियो । मलाई धेरै चिन्ता छ, उनले भने । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार भएको बताए । 

    मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताए । ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोप सम्झै , भने, मैले कमेन्ट गरिनँ । पछि असत्य साबित भइ आफैं विस्तापित भएको छ । भयो । 

    janardan sharma 4.JPG

    मन्त्री शर्माले भने – यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर छ । आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु, उनले भने । 

    त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीति बनाउन सघाउ पुग्ने बताए । अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।

    सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताए । 

    ढुंगानाले भने, हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ । 

    श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गर्दिनँ, मलाई हिरो बन्नु छैन

    मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्रले कसकैको कमजोरो नभएर अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर पनि गरे ।

    कसैको अबमूल्यन गर्ने काम गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ । राम्रो कि नराम्रो मुल्यांकन गर्न जिम्मा सर्वसाधारणको हो– शर्माले भने ।

    केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । 

    श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ, मन्त्री शर्माले भने,आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्‍यो, कसले कति गरेन पनि भन्दिनँ ।

    मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्र बनाउने आफ्नो कार्यकालको मुल योजना रहेको पनि बताएका छन् । 

    नयाँ सरकार गठन भएको स्थितमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।

    साताको लोकप्रीय