होसियार ! बर्गर खाने बानीले यसरी लाग्न सक्छ क्यान्सर

होसियार ! बर्गर खाने बानीले यसरी लाग्न सक्छ क्यान्सर

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • होसियार ! बर्गर खाने बानीले यसरी लाग्न सक्छ क्यान्सर

    पछिल्लो अध्ययन अनुसार बर्गरको अत्यधिक खाँदा क्यान्सर लाग्न सक्ने देखिएको छ । विशेष गरी बर्गरले महिलाहरुमा क्यान्सरको खतरा निम्त्याउन सक्ने उक्त अध्ययनले देखाएको छ । 

    images
    images

    हार्वड युनिभर्सिटिको एक नयाँ अध्ययनले यस्तो कुराको दावी गरेको हो । प्रोसेस्ड मिटको सम्बन्ध आन्द्रा, प्रोस्टेट र पेटको क्यान्सरसँग भएको मानिन्छ तर यस अध्ययनमा ब्रेस्ट क्यान्सरको बारेमा मात्रै उल्लेख गरिएको छ । 

    यस अघि गरिएको २८ ओटा अध्ययनका विश्लेषणमा पाइएको प्रोसेस्डको प्रयोग धेरै गर्ने महिलाहरुमा ब्रेस्ट क्यान्सरको जोखिम ९ प्रतिशत बढी हुने गर्दछ । जब कि अनप्रोसेस्ड रेड मीट खाने महिलाहरुमा यस्तो खतरा बढी भएको पाइएको छैन । 

    द वल्र्ड क्यान्सर रिसर्च फन्डले रातो मासु कम खान सुझाव दिएको छ त्यस्तै एनएचएसले जो मानिस रातो मासु कम गर्न सक्दैन उसले दिनभरमा ७० ग्राम (बर्गरको बरावर) मात्रै खान सुझाएको छ ।

    अमेरिकामा प्रोसेस्ड मासुको प्रयोगमा कमी देखिएको छ तर अन्य देशहरुमा लाखौँ मानिसहरु प्रासेस्ड मासु नै खाने गर्दछन् । 

    यस अध्ययन सामाग्री इन्टरनेश्नल जर्न अफ क्यान्सरमा मा प्रकाशित गरिएको छ । यसमा उक्त विषयसँग सम्बन्धित अन्य विश्लेषणको पनि अध्ययन गरिएको छ 

    साताको लोकप्रीय