घुमन्तेलाई लोभ्याउने सिन्तीको सुन्दरता

घुमन्तेलाई लोभ्याउने सिन्तीको सुन्दरता

कुहिरो जस्तै सेताम्मे झर्ने झरना करिब ४० मिटर लामो र चौडाइ करिब ७ मिटर छ । सिम्ती वरपरको हरियाली सुन्दरता उत्तिकै मनमोहक । सिन्तीको मुहान महाभारत पर्वत श्रृंखलाबाट बग्ने सिन्ती खोलाको मुहान हो ।

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • घुमन्तेलाई लोभ्याउने सिन्तीको सुन्दरता

    सिन्ती झरनाको सुन्दरताले नलोभिने सायदै होलान् ।

    images
    images

    घुमन्तेलाई यो झरनाले साँच्चैको लोभ्याउँछ ।  चितवनको कालिका नगरपालिका–९  रहेको यो झरना नयाँ पर्यटकीय गन्तव्य बनेको छ । 
    अहिले कोरोना र लकडाउन छलेर पनि मानिसहरु त्याहाँ पुगे । 

    कोही गर्मि छल्न, मन बहालाउन सिन्तीको चिसोले तपाईलाई सम्झिरहन्छ सम्झाईरहन्छ ।  पानीमा घण्टौंसम्म रमाउन तपाईलाई कसैले छेक्दैन । बसिरहन मन लाग्छ। यसैले सबैलाई यो झरानाले लोभ्याइरहन्छ ।

    महाभारत पर्वत श्रृंखलाअन्तर्गत सिन्ती खोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको स्थानीय बताउँछन् ।  चिसो र मनोरम ठाउँ र दूरीका हिसावले पनि नजिक भएपछि कोरोना कहरका बीच पनि आन्तरिक पर्यटक सिन्ती पुग्ने गरेका छन् । 

    करिब ४० मिटर र चौडाइ करिब ७ मिटर रहेको यो झरना सेताम्मे कुहिरो जस्तै झर्छ । सिम्ती वरपरको हरियाली सुन्दरता उत्तिकै मनमोहक छ । 
    सिम्तीमा मोटरबाटो पुगेको छैन । सिम्ती पुग्न ४० मिनेट उकालो हिड्नुपर्छ तर सिम्तीको सुन्दरताले भने त्यो उकालो बिर्साइदिन्छ । पहाड फोरेर झरेको सिम्ती तल्लो तहमा पोखरी छ । जहाँ बालबालिका रमाउँछन् । 

    कसरी पुग्ने सिम्ती ? 
    चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । सिम्ती पुग्न कतै ठाडो उकालो, कतै तेर्सो बाटो पार गर्नुपर्छ  कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिन्छ ।  

    simti jharana.JPG

    नयाँ पुस्ताको आकर्षण 
    सिम्तीमा पछिल्लो समय नयाँ पुस्ताको आकर्षण बढेको कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्री बताउँछन् । उनका अनुसार युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् । सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेको उनको भनाई छ। “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्”, उनले भने, “यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् ।” 

    कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए । “चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्”, गुरुङले भने ।

    सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुगेका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताए । उनले भने, “यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।” 

    उनले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् । 

    उनले भने, “सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।”

    नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताए । 

    उनका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उनले बताए । उनले भने, “यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदैछ ।” 

    साताको लोकप्रीय