जीवनमा असफल भएर हैरान हुनुभएको छ ? पढ्नुस् प्रेरक भनाई, जसले बदल्न सक्छ तपाईको भविष्य 

जीवनमा असफल भएर हैरान हुनुभएको छ ? पढ्नुस् प्रेरक भनाई, जसले बदल्न सक्छ तपाईको भविष्य 

अर्थ डबली
शनिवार, साउन १६ २०७८
अर्थ डबली
शनिवार, साउन १६ २०७८ (अर्काइभ बाट)
  • जीवनमा असफल भएर हैरान हुनुभएको छ ? पढ्नुस् प्रेरक भनाई, जसले बदल्न सक्छ तपाईको भविष्य 

    सफल हुन कसलाई मन लाग्दैन र ! सबैजना सफलता चाहन्छन् तर वास्तविकतामा सबै सफल हुन 
    सक्दैनन्। चाहे जति प्रयास गरे पनि हर कोही सफल हुन सक्दैनन् । कहिलेकाहीँ हाम्रो प्रयास गलत दिशामा जान्छ भने कहिले काहिँ हामी अपूर्ण र कमजोर प्रयासहरुको शिकार हुन्छौं ।कहिले काहिँ यस्तो हुन सक्छ कि वास्तवमा हामी के चाहन्छौं भन्ने कुरा हामीलाई नै थाहा हुँदैन । 

    images
    images

    यसकारण हामीले सफलता र सफलताको कारक के हो भनेर बुझ्नु आवश्यक छ । हामीलाई विश्वास छ कि विश्वभरका विज्ञहरुको प्रेरक भनाईले तपाईलाई सहयोग गर्नेछ । 


    1. सफलताले प्रायः उसको कदम चुम्छ जोसँग सफलतालाई हेरेर बस्ने समय हुँदैन । 

        - हेनरी डेभिड थोरो

    2. सफल योद्धा एक साधारण मानिस पनि हो, तर उसको एकाग्रता (फोकस क्षमता) लेजरको जस्तै हुन्छ।

        -ब्रुस ली

    3.   सफलताको रहस्य यो हो कि साधारण काम पनि असाधारण तरिकाले गर्नुहोस् । 
         - जोन डी रकफेलर जूनियर

    5. संसारमा धेरै असफल मानिसहरु यस्ता छ जसलाई थाहा हुँदैन कि जब हार मानेर कोशिस गर्न छोडेका थिए तब उनी सफलताको कति नजिक थिए । 
       - थोमस एडिसन

    6. सफलता जतिसुकै असफल भए पनि उत्साह कम नगर्न सक्षम हुनु पनि हो । 
       - विन्स्टन चर्चिल

    7. सफलताको कुनै रहस्य छैन। यो तपाइँको तयारी, कडा मेहनत र असफलताबाट सिक्ने परिणाम हो।
       - कोलिन पावेल

    8. कुनै काम शुरु गर्ने यही तरिका हो कि तपाई बोल्न बन्द गर्नुहोस् र काम गर्न शुरु गर्नुहोस्। 
       - वाल्ट डिज्नी 

    9. सफलता कर्मसँग जोडिएको हुन्छ । सफल मानिस निरन्तर हिडिरहन्छ । ऊ गल्ती गर्छ तर हार मान्दैन । 
       - कोनराड हिल्टन

    10. यदि तपाइँ केहि गर्न चाहानुहुन्छ भने तपाइले बाटो पनि पाउनु हुनेछ । यदि तपाइँ केही गर्न चाहनुहुन्न भने, तपाइँले बहाना पाउनुहुन्छ।
       - जिम रोन

     

    साताको लोकप्रीय