याद रहने सपनाहरू स्वास्थ्यका लागि किन खतरनाक हुन्छन् ?

याद रहने सपनाहरू स्वास्थ्यका लागि किन खतरनाक हुन्छन् ?

अर्थ डबली
सोमवार, कार्तिक १५ २०७८
अर्थ डबली
सोमवार, कार्तिक १५ २०७८ (अर्काइभ बाट)
  • याद रहने सपनाहरू स्वास्थ्यका लागि किन खतरनाक हुन्छन् ?

    हामीमध्ये धेरै सुतेको बेलामा अचम्म अचम्मका सपना देख्छौँ । यो राम्रो पनि हुन्छ र खतरनाक पनि हुन्छ । उठेपछि, यी सपनाहरू बिर्सिन्छन्, तर धेरै व्यक्तिहरूले सपनाहरू सम्झन्छन्। 

    images
    images

    सपनाहरू याद भएका कारण मनमा थरी थरीका कुराहरु खेल्छन् र मन भारी हुन्छ । हामी यहाँ यो किन हुन्छ र कसरी यो सुधार गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।

    अहिलेसम्म वैज्ञानिकहरूले पनि सपनाहरू किन आउँछन् भनेर पूर्ण रूपमा विश्वस्त भइसकेका छैनन् । तर यो स्मृतिसँग सम्बन्धित भएको उनीहरुको बुझाई छ । 

    सपनाका कारण मानिसहरुले धेरै आवश्यक कुराहरु भुल्छन् । धेरै मानिसहरु उठेपछि स्फूर्ति महसुस गर्छन् किनकि उनीहरूलाई कुनै कुरा याद रहदैन । 

    त्यस्तै केही मानिसहरुलाई सपना याद रहन्छन् जसकारण उनीहरु चिन्तित हुन्छन् । यो स्लिप साइकलमा निर्भर गर्दछ । वैज्ञानिकहरूले प्रायः सपनाहरु सुतेको समयमा दिमाग सक्रिय भएको कारण आउने बताएका छन् । 

    सामान्यतया सुतेको समयमा हरेक ९० मिनेटमा दिमाग सक्रिय हुने र लगभग २० देखि २५ मिनेटसम्म हुने गर्दछ । वैज्ञानिकहरूले यसको लागि केहि खास कारणहरू दिएका छन्।

    तनाव वा चिन्ता दैनिक जीवनमा हामी धेरै प्रकारका समस्याहरू झेल्दछौँ । 

    साथी, परिवार, स्कूल, कार्यालयमा घट्ने घटनाहरु वा घनिष्ठ व्यक्तिको मृत्यु, दुर्घटना वा यौन दुर्व्यवहार जस्ता घट्नाको गहिरो असर मस्तिष्कमा पर्दछ । 

    सुत्ने समयमा पनि दिमागले उनीहरूको बारेमा सोच्न थाल्छ, जसको कारणले खराब सपना आउँछन्।

    राम्रोसँग निन्द्रा नलाग्नु 

    राम्रोसँग निन्द्रा नआउनु या इनसोम्निया जस्ता बिरामीहरुको मानिसहरूले देखेका सपनाहरू सम्झन्छन्। 

    विदेश यात्राको समय, सुत्ने समयमा बदलाव या कम सुत्न आदि कारणले धेरै सपना आउने समस्या शुरु हुन्छ । यसबाहेक, डिप्रेसन वा अन्य मानसिक रोगको कारण सपना स्पष्ट रुपमा याद रहन्छ । 

    मादक पदार्थ सेवन 
    मादक पदार्थ अत्याधिक सेवन वा लागूपदार्थ सेवन गर्दा त्यसको असर मस्तिष्कमा पनि असर पर्छ ।

    जसको कारण दिमाग शान्त रहदैन र त्यस्ता थुप्रै सपनाहरू याद रहन्छ । यसबाहेक, धूम्रपानका कारण वा केही औषधिको सेवनले पनि सपना याद रहन्छ । 

    गर्भावस्था  गर्भावस्थाको शुरुवाती समयमा महिलाको शरीरमा हर्मोन लगायत सुत्ने समयमा पनि थुप्रै परिवर्तन हुन्छन्। यसको कारणले गर्दा, तिनीहरू केहि समयका लागि विभिन्न किसिमका सपनाहरु आउँछन् र त्यो उनीहरुलाई याद रहन्छ । 

    के यी सपनाहरू स्वास्थ्यको लागि खतरनाक छ ?

    साधारणतया सपनाहरू स्पष्ट रूपमा याद गर्नु चिन्ताको विषय हुँदैन । तर जब यो सपनाहरु नकारात्मक छन् तब तिनीहरुले हामीलाई मानसिक रुपमा विचलित पार्छन्।

    यस कारणले गर्दा निन्द्राको समस्या हुनु, प्रतिरोधात्मक क्षमता प्रभावित हुनु, मुड खराब हुनुका साथै नकारात्मक सोच पैदा हुन्छ । जसको कारण धेरै व्यक्ति गलत कदमहरू उठाउँछन्।
     

    उपचार के हो ?
    प्रायः केसहरूमा सपना याद हुने समस्या आफैँ ठिक हुन्छ तर यदि तपाईं लामो समयसम्म यस समस्याबाट विचलित हुनुहुन्छ भने पनि चिकित्सकलाई सम्पर्क गर्नुहोस् र उपचार गर्नुहोस्। यस बाहेक तपाईको जीवनशैलीमा परिवर्तन गर्दा पनि ठूलो फाइदा हुनेछ।
     
    स्वस्थ रहनुहोस्
    राम्ररी खानुहोस्, तौललाई नियन्त्रणमा राख्नुहोस्, पर्याप्त निदाउनुहोस् । ठीक समयमा सुत्नुहोस्, प्रशस्त पानी पिउनुहोस्, तनावबाट टाढा रहनुहोस् र दिमाग स्वस्थ राख्नुहोस्। यसो गर्दा सपना स्पष्ट याद हुने समस्या  समाधान हुनेछ । 

    ध्यान गर्नुहोस् 
    ध्यान गर्नाले तपाईं यस समस्याबाट मुक्त हुन सक्नुहुन्छ। यसको लागि, बिद्रिङ एक्सरसाइज गर्नुहोस् । मस्तिष्कलाई आराम दिने खालको काम गर्नुहोस् । आर्ट थेरापी र एक्सरसाइज गर्नुहोस् । 

    काल्पनिक रिहर्सल थेरापी

    काल्पनिक रिहर्सल उपचार सपना देख्नेहरुका लागि विशेष गरी दुःस्वप्नको लागि प्रयोग गरिन्छ। विज्ञहरूको सहयोगमा, रातीको सपनाको अन्तमा परिवर्तनहरू गरिन्छ जुन याद राखिन्छ। यसले बिरामीलाई उठेपछि कुनै समस्या महसुस गर्दैन।

    साताको लोकप्रीय