हिरो मोटरकर्पको एक दशक पूरा : ग्राहकसँग खुशी बाँड्न ल्यायो आकर्षक योजना

हिरो मोटरकर्पको एक दशक पूरा : ग्राहकसँग खुशी बाँड्न ल्यायो आकर्षक योजना

अर्थ डबली
सोमवार, साउन १८ २०७८
अर्थ डबली
सोमवार, साउन १८ २०७८ (अर्काइभ बाट)
  • हिरो मोटरकर्पको एक दशक पूरा : ग्राहकसँग खुशी बाँड्न ल्यायो आकर्षक योजना

    काठमाडौँ / विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल र स्कुटरको निर्माताको रूपमा परिचित हिरो मोटेकर्पले आफ्नो स्थापनाको एक दशक पूरा गरेको छ । 

    images
    images

    कम्पनीले आफ्नो स्थापनाको १० औं बर्ष पूरा गरेको सुखद घडीमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्गले बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

    सो अवसरमा कम्पनीले हिरो मोटरसाइकल तथा स्कुटरप्रति विश्वास गर्दै नेपालमा सफलतापूर्वक स्थापित गर्न भूमिका निर्वाह गर्ने ग्राहक तथा सरोकारवाला सबैप्रति आधार व्यक्त गरेको छ । 

    कम्पनीले स्थापनाको एक दशक पूरा गरेको अवसरमा ग्राहकहरूका लागि आकर्षक योजनासमेत ल्याएको छ । 

    सो योजनाअन्तर्गत हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ उपलब्ध गरिएको छ भने सर्भिसिङ्गमा ५० प्रतिशत छुट साथै स्पेयर पार्टसमा १० प्रतिशत छुट  र वाशिङ्ग फ्री पाउनेछन् । यो योजना यही श्रावण २५ गते (अगस्ट ९) सम्म लागु रहेने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय