कोरोनाको लक्षण उमेर र लिङ्गका आधारम अलग अलग हुने विज्ञको दावी, के भने त्यस्तो ? 

कोरोनाको लक्षण उमेर र लिङ्गका आधारम अलग अलग हुने विज्ञको दावी, के भने त्यस्तो ? 

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • कोरोनाको लक्षण उमेर र लिङ्गका आधारम अलग अलग हुने विज्ञको दावी, के भने त्यस्तो ? 

    कोरोना भाइरसले सबैलाई फरक फरक तरीकाले असर गरिरहेको छ। यसको लक्षण पुरुष र महिलाहरुमा फरक हुनसक्छ। 

    images
    images

    बेलायतमा एक नयाँ अनुसन्धानले कोरोना संक्रमणको प्रारम्भिक लक्षणहरु उमेर समूह तथा पुरुष र महिलाहरुबीच फरक हुन सक्ने तथ्य पत्ता लगाएको छ । यो अनुसन्धान जर्नल ‘द ल्यान्सेट डिजिटल हेल्थ’मा प्रकाशित छ।

    अन्वेषकहरुले आफ्नो अध्ययनमा कोरोनाभाइरसको सबै भन्दा साधारण लक्षणहरु लगातार खोकी र गन्ध नआउने तथा पेट दखाुई र खट्टा तथा छालामा हुने असर हेरेका थिए । 

    अध्ययनको निष्कर्ष अनुसार ६० बर्ष भन्दा माथिका मानिसहरुमा गन्धको कमि महत्त्वपूर्ण थिएन र यही लक्षण ८० बर्षभन्दा माथिका उमेरका मानिसमा व्यक्तिहरुमा बिल्कुल थिएन। तर यी वृद्ध उमेर समूहहरुलाई पखाला लाग्ने सम्भावना बढी थियो।

    ६० देखि ७० बर्ष समूहका मानिसहरुलाई छाती दुख्ने, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुने र गन्ध  नआउने जस्ता लक्षण सबैभन्दा बढी देखिएको पाइयो । 

    ४० देखि ४९ बर्ष समूहका मानिसहरुमा लगातार खोकीको लक्षण सबैभन्दा सामान्य थियो । 

    लिङ्गमा आधारिक कोरोनाको लक्षण 

    लिङ्ग भिन्नताको आधारमा, पुरुषहरुलाई प्राय श्वासप्रश्वासमा समस्या, थकान, जाडो हुने र ज्वरो आउने समस्या सबैभन्दा बढी थियो । 

    महिलाहरु गन्धमा थाहा नपाउने, छाती दुख्ने र लगातार खोकी लाग्ने जस्ता लक्षण बढी देखिएको थियो । 

    किंग्स कलेज लन्डनका लेखकहरूमध्ये एक क्लेयर स्टीब्सले भने “यो महत्त्वपूर्ण छ कि मानिसहरुलाई थाहा छ कि प्रारम्भिक लक्षणहरु व्यापक छन् र परिवार वा परिवार को प्रत्येक सदस्यको लागि फरक देखिन सक्छ ।

     

    साताको लोकप्रीय