मुक्तिनाथ विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने, क-कसले पाउनेछन् आवेदन दिन ?

मुक्तिनाथ विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने, क-कसले पाउनेछन् आवेदन दिन ?

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने, क-कसले पाउनेछन् आवेदन दिन ?

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडको संस्थापक समूहको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ लाख ५ हजार ४१ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

    images
    images

    बैंकले शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनीहरू वा योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आगामी भदौ महिना २२ गतेभित्र आवेदन दिन आह्वान गरेको छ । 

    बैंकले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता के कति रेट दरमा कबुल गर्ने सो तोकी गोप्य शिलबन्दी आवेदन पेश गर्न आह्वान गरेको छ । 

    आवेदन फाराम १०० रुपैयाँ भुक्तानी गरी मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार, काठमाडौँबाट प्राप्त गर्न सकिनेछ । आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्ने । 

    शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १००० कित्ता शेयरको लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढी शेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्र्ने बोलपत्र दाताले १० अंकको गुणाङ्कमा अधिकतम १ लाख ५ हजार ४१ कित्ताको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरिद गर्न आवेदन गरेको कूल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारको सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम् संख्या सीमाभन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ । 

    दशमलवमा (खण्डित रुपमा)आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.३२५ रुपैयाँ तोकिएको हुँदा वा सोभन्दा बढी मूल्य अ.क्ति मूल्यमा आवेदन दिनु पर्नेछ । 

    साताको लोकप्रीय