सिप्रदी  ट्रेडिङ्ग र एन.एम.बि. बैंकबीच सम्झौता, नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा 

सिप्रदी  ट्रेडिङ्ग र एन.एम.बि. बैंकबीच सम्झौता, नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा 

अर्थ डबली
मंगलवार, साउन १९ २०७८
अर्थ डबली
मंगलवार, साउन १९ २०७८ (अर्काइभ बाट)
  • सिप्रदी  ट्रेडिङ्ग र एन.एम.बि. बैंकबीच सम्झौता, नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा 

    काठमाडौँ / टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी  ट्रेडिङ्ग  प्रा. लि. र एन.एम.बि. बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

    images
    images

    नेक्सन इभी खरिद गर्न चाहाने ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा बैंक र कम्पनीबीच सो सम्झौता भएको हो ।

    सम्झौतापश्चात अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । 

    उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरूमार्फत कर्जा प्राप्त गर्न सक्नेछन् ।

    यस अन्तर्गत बैंकले २४ कार्य घण्टाभित्र ८० प्रतिशत सम्म फाईनान्सको सुविधा उपलब्ध गराउनेछ । उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एन.एम.बि. बैंक लिमिटेडका तर्फबाट व्यापार तथा रणनीति प्रमुख  अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । 

    टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ ।

    साताको लोकप्रीय