नयाँ अर्थ सचिवमा मरासिनी, ढुङ्गाना पुगे प्रधानमन्त्री कार्यालय 

नयाँ अर्थ सचिवमा मरासिनी, ढुङ्गाना पुगे प्रधानमन्त्री कार्यालय 

अर्थ डबली
आइतवार, साउन १७ २०७८
अर्थ डबली
आइतवार, साउन १७ २०७८ (अर्काइभ बाट)
  • नयाँ अर्थ सचिवमा मरासिनी, ढुङ्गाना पुगे प्रधानमन्त्री कार्यालय 

    काठमाडौँ / अर्थ मन्त्रालयकाके नयाँ सचिवमा मधुकुमार मरासिनीको सरुवा भएको छ । केही दिनअघि बसेको मन्त्रीपरिषद्को बैठकले यसअघि महालेखा नियन्त्रका रहेको मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो । 

    images
    images

    अर्थ सचिव रहेका शिशिर कुमार ढुंगाना भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । बैठकले मरासिनीलाई अर्थमा र ढुङ्गानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । 

    अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए । 

    स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थ सचिवमा सरूवा गरेको थियो।

    साताको लोकप्रीय