मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

अर्थ डबली
बिहिवार, साउन २८ २०७८
अर्थ डबली
बिहिवार, साउन २८ २०७८ (अर्काइभ बाट)
  • मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ/ प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज  आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताएका हुन् । 

    images
    images

    प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए ।  समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्नुहुँदै 

    उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनसमेत अनुरोध गरे । 

    युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्नुहुँदै उहाँले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।  

    प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए । 

    ‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । 

    विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो । 

    कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको सङ्ख्यामा युवा विदेशिनु नपर्ने अवस्था आउने बताउँदै युवाको जोश र जाँगरलाई मुलुकमा नै खचिर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे । 

    साताको लोकप्रीय