माछापुच्छ्रे बैंकको मुनाफा १ अर्ब ६३ करोड, अन्य सूचक कति बढ्यो ? 

माछापुच्छ्रे बैंकको मुनाफा १ अर्ब ६३ करोड, अन्य सूचक कति बढ्यो ? 

अर्थ डबली
सोमवार, साउन ३२ २०७८
अर्थ डबली
सोमवार, साउन ३२ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको मुनाफा १ अर्ब ६३ करोड, अन्य सूचक कति बढ्यो ? 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७७/०७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

    images
    images

    जसअनुसार बैंकले गत आ.व.को चौथो त्रैमासम्ममा १ अर्ब ६३ करोड ६ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आ.व. २०७६/०७७ मा १ अर्ब २६ करोड ५१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले समीक्षा अवधिमा भने सो नाफा २८.८९ प्रतिशतले बृद्धि गरेको हो । यसैगरी बैंकले वितरणयोग्य मुनाफा रकम पनि २४.७१ प्रतिशतले बृद्धि गरेको छ भने खुद ब्यज आम्दानी १२.०२ प्रतिशतले बढेको छ । 

    त्यस्तै, सञ्चालन मुनाफा रकम पनि बेंकले २८.८४ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो आ.व.को चौथो त्रैमासको तुलनामा बैंकले गत आ.व.को चौथो त्रैमासमा चुक्ता पुँजी ७.०३ प्रतिशत, निक्षेप सङ्कलन २६.४४ प्रतिशत, कर्जा लगानी २२.७४ प्रतिशत, सञ्चित कोष २६.७२ प्रतिशत र जगेडा रकम २०.९६ प्रतिशतले बृद्धि गरेको छ । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ०.१ प्रतिशतले मात्रै घटेर ०.६२ प्रतिशतमा झरेको छ । त्यस्तैट नेटवर्थ प्रतिशेयर १४२ रुपैयाँ, पुँजीकोष अनुपात १२ प्रतिशत,  सीसीडी रेसियो ८०.१२ प्रतिशत आधार ब्याजदर ७.२६ , प्रतिशेयर आम्दानी १८.०१ रुपैयाँ र स्प्रेड रेट ३.८२ प्रतिशत रहेको छ । 

    Report Machhapucre.JPG

    साताको लोकप्रीय