जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग 

जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग 

अर्थ डबली
बुधवार, भदौ १६ २०७८
अर्थ डबली
बुधवार, भदौ १६ २०७८ (अर्काइभ बाट)
  • जगदम्बा स्टीलमा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारवाही गर्न माग 

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले जगदम्बा स्टील प्रा.लि.को औद्योगिक करिडोर, सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    images
    images

    उक्त कम्पनीको कार्यालयमा भदौं ११ गते बिहान तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेको हो । 

    महासङ्घले भनेको छ “स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पुरयाईरहेको यथार्थता जगजाहेर छ । तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा हो ।”
     
    भदौ ११ गते विहान १०ः१५ बजे उद्योगको अमोनिया ग्याँस टयाङ्कबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफ्ती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ । वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको महासङ्घको भनाई छ । 

    यसले एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । 

    अतः यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई कारवाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग हुन महासंघ संघीय सरकार सहित तीनै तहका सरकार समक्ष महासंघले आग्रह गरेको छ । 

    साताको लोकप्रीय