२४ घण्टामा १२६८ संक्रमित थपिदा २१९५ जना निको भए, सक्रिय संक्रमित कहाँ कति छन् ? 

२४ घण्टामा १२६८ संक्रमित थपिदा २१९५ जना निको भए, सक्रिय संक्रमित कहाँ कति छन् ? 

अर्थ डबली
शनिवार, भदौ १९ २०७८
अर्थ डबली
शनिवार, भदौ १९ २०७८ (अर्काइभ बाट)
  • २४ घण्टामा १२६८ संक्रमित थपिदा २१९५ जना निको भए, सक्रिय संक्रमित कहाँ कति छन् ? 

    काठमाडौँ/ नेपालमा गत २४ घण्टामा एक हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनामा कोरोना परीक्षण गरिएकोमा एक हजार २४ जनाको पिसिआर र २४४ जनाको एन्टेजिन विधिबाट कोरोना पोजेटिभ देखिएको हो । 


    यसअवधिमा निको हुने संक्रमितको संख्या भने २ हजार १९५ जना रहेको छ । हालसम्म कुल ७ लाख २५ हजार ६५१ जना संक्रमित निको भएका छन् भने १० हजार ८१८ जनाको मृत्यु भएको छ ।

    गएको २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ जना रहेको छ भने निको हुने दर ९४.५ प्रतिशत रहेको छ । गत २४ घण्टामा थप एक लाख ७५ हजार ९८ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । 


    हालसम्म ५५ लाख ११ हजार ९२९ जनालाई पहिलो डोज र ४८ लाख ६३ हजार ८३५ जनालाई पूर्ण भ्याक्सिन लगाइएको मन्त्रालयले जनाएको छ । 


    गत २४ घण्टामा काठमाडौँ काठमाडौँ र कास्कीमा सबैभन्दा बढी सक्रमित थपिएका छन् । मन्त्रालयको विवरणअनुसार काठमाडाँैमा २८९ जना र कास्कीमा १४३ जना संक्रमित थपिएका हुन् । 


    हाल काठमाडौँमा ४ हजार २३७ जना, भक्तपुरमा एक हजार ३२६ जना र ललितपुरमा २ हजार १०० जना सक्रिय संक्रमित रहेका छन् भने १९ ओटा जिल्लामा ५०० जनाभन्दा बढी र २० ओटा जिल्लामा २०० भन्दा बढी सक्रिय सक्रमित रहेका छन् । 

     

    साताको लोकप्रीय