आजदेखि मंगलबारसम्म कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

आजदेखि मंगलबारसम्म कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • आजदेखि मंगलबारसम्म कुन कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनी न्यून चापिय रेखा नेपालको तराई भुभाग भन्दा केही तल रहेको छ।

    images
    images

    हाल देशभर आंशिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा तथा बाँकी प्रदेसहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ भाद्र २० गते (आइतबार)

    दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    २०७८ भाद्र २१ गते (सोमबार)

    दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

     २०७८ भाद्र २२ गते (मंगलबार)

    दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
     
    राती : देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय