काठमाडौँमा नै सुख्खा बन्दरगाह  किन ? निर्देशक गजुरेल यस्तो भन्छन्

काठमाडौँमा नै सुख्खा बन्दरगाह  किन ? निर्देशक गजुरेल यस्तो भन्छन्

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • काठमाडौँमा नै सुख्खा बन्दरगाह  किन ? निर्देशक गजुरेल यस्तो भन्छन्

    काठमाडौँ / सरकारले काठमाडौं छेउमै सुख्खा बन्दरगाह किन निर्माण गर्यो ? निर्देशक आशिष गजुरेलको सजह उत्तर हुन्छ समग्रमा लजिस्टिक कष्ट घटाउँछ । व्यवसायीलाई फाइदा हुन्छ । पालो कुर्न पर्दैन । चाडैँ क्लियर हुन्छ आदि आदि । 

    images
    images


    विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा हिमाल सिमेन्टको कारखाना रहेको स्थान नजिकै सो बन्दरगाह निर्माण सम्पन्न  गरेको छ । भव्य निर्माणसंरचना बनाईएको उक्त बन्दरगाह प्रशासनिक संरचनागरी कुल लागत भने एक अर्ब ८० करोड पुग्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

     
    २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता  थियो । कोराना कहरकाबीच पनि सो आयोजना एक बर्ष ६ महिना (१८ महिना)मा सक्ने भनिएता पनि एक बर्ष २ महिना (१४ महिना) समय थप भइसकेको छ । चोभारमा सुख्खा बन्दरगाह बनाउँदाका फाइदा र विशेषताबारे निर्देशक गजुरेलकै शब्दमा
     
    संरचना

    सुख्खा बन्दरगाह प्रवेशका लागि तीन ओटा गेट निर्माण गरिएको छ । आयात गरिएको सवारी साधान तीन नम्बर गेटबाट छिर्ने र निस्कने गर्नेछ । यहाँ छिर्ने र निस्कने दुईओटा गेट छन् । जो बाहिरी देशबाट आउँछन्, उनीहरू यहीबाट छिर्छन् र पार्किङ गरेर चेकजाँचका लागि स्टापिङ डिस्टापिङ संरचनामा भएको ठाउँमा जान्छन् र त्यहाँ लोडिङ÷अनलोडिङ र चेकजाँच गर्न मिल्छ । 

    aashis gajurel.JPG
    साथै डकुमेन्टेसनको काम पनि हुन्छ र भन्सारको काम सकिएपछि उहाँहरू बाहिर जान सक्नु हुन्छ । बिचको गेटबाट भने जुन कुनै आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

    यसैगरी तीन ओटा भवन बनेका छन्, ती हुन् भन्सार, क्वारेन्टाइन र प्रशासनिक । यस्तै, सामग्री भित्र्याउन र पठाउन ५४ मिटर बाई २४ मिटरको तीनओटा ठूला गोदाम तयार भएका छन् । सुख्खा बन्दरगाहलाई दुई भागमा बाँडिएको छ एउटा डोमेस्टिक र अर्को एक्जिम (आयात–निर्यात) । आयात निर्यातको काम एक्जिमबाट हुन्छ भने काठमाडौँको लागि पार्किङ स्थल वा वयरहाउसका लागि गोदाम प्रयोग गर्छु भन्नेका लागि डोमेस्टिक क्षेत्र तयार गरिएको छ । जसमा एक्जिमलाई आयात–निर्यातका लागि प्रयोग गरिनेछ । सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने)लगायत काम हुनेछ ।

    बन्दरगाहमा तीनओटा स्टपिङ डि स्टपिङ संरचना बनेको छ । जहाँ सामान लिएर आउने सवारी साधनलाई भन्सार प्रयोजनका लागि चेक जाँच गर्ने, लोड अनलोड गर्ने सुविधा छ । 

    कन्टेनगर र अन्य सवारी साधान पार्किङ गर्न मिल्ने पार्किङ याड निर्माण गरिएको छ । जसको लागि आवश्यक लाइटिङ सिस्टम इन्सटल भइसकेको छ । इलेक्ट्रिक सवस्टेसन पनि बनिसकेको छ । सिसि क्यामेरा पनि जडान भइसकेको छ । यसरी हेर्दा, अब सञ्चालनका लागि संरचना तयार गरिसकेका छौँ ।  एडिसनल पार्किङ भने सेकेण्ड फेजमा बनाइनेछ । 

    यो संरचनामा करिब ५०० कन्टेनर र ५०० सवारी साधान एकोमोडेट गर्ने गरी निर्माण गरिएको छ । 
    यसको मुख्य सरोकारवाला निकाय भनेको उद्योग वाणिज्य आपूर्ति मन्त्रालय हो । इन्टरमोडल मन्त्रालय अन्तर्गतको निकाय हो भने भन्सार विभाग, क्वारेन्टाइन र सेक्युरिटीसँग समन्वय भइरहेको छ । भन्सार र क्वारेन्टइनबाट यसका लागि कार्यविधि र आवश्यक व्यवस्थापन भइरहेको छ । 

    aashis gajurel.JPG
    परियोजनालाई हामीले दुई भागमा हेर्नुपर्ने हुन्छ । एउटा संरचनाको निर्माण र अर्को यसको सञ्चालन हो । सञ्चालनका लागि हामीले संरचना निर्माण गरिसकेका छौँ । एक हप्ताका काम बाँकी छ । त्यसका लागि हामीसँग निर्माण सामाग्रीहरू तयार छन् । बर्षा सकिएपछि त्यो काम पनि पूरा हुनेछ । एक बर्षसम्म निर्माण व्यवसायीहरू यही बस्नुहुन्छ । त्यस अवधिमा केही समस्या आयो, डिफेक्ट देखियो भने उहाँहरूले गर्नुहुनेछ । 

    काठमाडौँमा नै सुख्खा बन्दरगाह किन ? 

    जति पनि नेपालमा आउने सामान ६० देखि ७० प्रतिशत काठमाडौँमा खपत हुन्छ । व्यवसायीहरूले काठमाडौँको सामान काठमाडौँमा नै क्लियर गर्छु भन्नुभयो भने उहाँ (व्यवसायी) लाई त्यो सुविधा हुन्छ । अहिले पनि वीरगञ्ज, विराटनगर, भैरहवा लगायतका नाकाहरूमा गाडीको चाप हुन्छ जसले गर्दा पालो कर्नुपर्दछ । भोलिका दिनमा उताको लोड पनि काम हुने र यहाँको लागि पनि काम हुने गरी यो बन्दगरगाहले काम गर्नेछ । यहाँ बन्दरगाह भएको कारण व्यवसायीहरूले चाडै नै आफ्नो सामान पाउने भए र उपभोक्ताकहाँ पुर्याउन पाउने अवसर पाउने भए । 

    यसले समग्रमा लजिस्टिक कष्ट घटाउँछ । यसले व्यवसायीलाई फाइदा पनि हुन्छ । पालो कुन नपर्ने, चाडैँ क्लियर हुने तथा काठमाडौँको सामान गोदाममा राख्न र पार्किङ गर्न समेत सुविधा छ । यसका लागि एकदमै अपरिहार्य परियोजना भनेको काठमाडौँ तराई द्रुत मार्ग हो । भोलि त्यो बन्यो भने वीरगञ्जबाट आउने सामाग्रीका दुरी काम हुन्छ । दुरी जति कम भयो लजिस्टिक कष्ट त्यति नै कम हुन्छ । 

    उहाँहरू सिधैँ काठमाडौँ आउनुहुन्छ र सामान पनि चाडैँ नै उपभोक्ताकहाँ पुग्ने भयो । व्यापारलाई सहजीकरण, व्यवसायीलाई नयाँ संरचना पाउने भए  जहाँ सामान सबैभन्दा बढी बिक्री भइरहेको छ त्यहाँ भन्सारको सुविधा पनि उपलब्ध हुने भयो । भोलिका दिनमा चाइनाबाट आउने र इन्डियाबाट आउने रेलको जङ्सन प्वाइन्टको रूपमा समेत हामीले यसलाई हेरेका छौँ । 

    aashis gajurel.JPG
    आयात र निर्यात सुविधा एकै ठाउँबाट 

    आयात मात्रै होइन हामीले भोलिको दिनमा निर्यातलाई पनि लक्षित गरेका छौँ । काठमाडौँबाट जति पनि सामान निर्यात हुन्छ त्यो सुख्खा बन्दरगाहबाटै प्रक्रिया थालिन्छ र यहाँबाट सिधैँ निर्यात गर्न सकिन्छ । अहिलेको व्यापार घाटालाई न्यून गर्नका लागि पनि हामीले निर्यातलाई प्राथमिकता दिएका छौँ । काठमाडौँबाट निर्यात हुने सामाग्रीको लागि यो एउटा पूर्वाधार र व्यवस्थापन समेत हो । यसले आयात निर्यात दुबैलाई सहजीकरण गर्छ । 

    पहिलो पटक सिमानाकाभन्दा भित्र बन्दरगाह 

    इन्टरमोडल यातायात विकास समितिले वीरगञ्जमा दुईओटा, बिराटनगरमा एउटा बन्दरगाह सञ्चालन गरेको छ भने त्यस्तै, भैरहवा, काँकडभिट्टा र तातोपानीमा पनि बन्दरगाह रहेको छ । रसुवा र नेपालगञ्जनमा भने निर्माणको क्रममा रहेका छन् । अर्को चरणमा निर्माण गर्ने भनेर दोधारा र चाँदनीलाई प्राथमिकतामा राखेका छौँ । त्यसको अहिले वातावरणीय मूल्याङ्कन (इआइए)गर्न सुरु गरेका छौँ । यसरी हेर्दा, हालसम्म दुई देशको सीमा नाकाक्षेत्रमा बन्दरगाह सञ्चालन भइरहेको स्थिति छ । पहिलो पटक हामीले सिमानाका क्षेत्रभन्दा भित्र काठमाडौँमा बन्दरगाह सञ्चालन गर्ने तयारीमा छौँ । 

    नाकामा सामान्य प्रक्रिया पूरा गरे हुने 

    काठमाडौँको सामान काठमाडौँ नै लगेर क्लियर गर्छौँ भन्दा नाका प्वाइन्टमा केही सामान्य प्रक्रिया पूरा गरेर सिधैँ यहाँको बन्दरगाहमा आउन सक्छन् । त्यहिँ उद्देश्यका लागि नै यो बनाको हो । नाकामा पनि यहाँ पनि दोहोरो प्रक्रिया भयो भने व्यवसायीहरूलाई त्यो झन् झन्झटिलो र दुःख हुन्छ त्यसैले काठमाडौँमा क्ल्यिर गर्ने र निर्यातका लागि पनि यहीँबाट सबै प्रक्रिया पूरा गरेर सिधैँ निर्यात हुने हिसाबले नै भन्सार विभागले कार्यविधि बनाएको छ । विभिन्न टेक्नोलोजीको प्रयाग गरेर चुहावट हुन नदिने र सामान हराउन नदिने इन्स्योर लगायतका व्यवस्थाका लागि भन्सार विभागबाट गृहकार्य भइरहेको छ ।  भन्सारमा आउपछि सिल लगाइन्छ,र त्यो सिल काठमाडौँमा आएर मात्रै खोलिन्छ । बिचमा इसिटिएस लगायतका प्रविधि प्रयोग गरेर यहाँ ल्याइन्छ । त्यो सिल तोडिनु भएन । यसको ठ्याक्कै मोडालिटी के हो भन्ने कुरा भन्सार विभागबाट आउँछ । 

    सरोकारवाला निकायले प्रक्रिया पूरा गरेपछि सञ्चालन हुने 

    यो बन्दरगाहबाट कति भोलुमको ट्रेड हुन्छ भन्ने कुराचाहिँ अध्ययन गर्न बाँकी नै छ । हामीले कति व्यवसायीहरूलाई यसतर्फ आकर्षित गर्न सक्छौँ भन्ने कुरा चाहीँ अध्ययन गर्नैपर्छ । त्यो तथ्याङ्क र वैज्ञानिक कुरा भएको भएर अध्ययन गर्नुपर्दछ । संरचना तयार भएको छ । भन्सार र क्वारेन्टाइनलगायतका सरोकारवाला निकायले आफ्नो प्रक्रिया पूरा गरेपछि यो सञ्चालनमा आउनेछ ।

    नेपालमा पहिलो पटक साउन्ड ब्यारियर प्रविधि 

    हामीले यहाँ साउन्ड ब्यारियर प्रविधि इन्सटल गरेका छौँ, जुन नेपालका लागि नयाँ प्रयोग हो । भोलि बन्दरगाह सञ्चालनमा आएपछि ट्रक, कन्टेरलगायतका सवारी साधान आउँछन् त्यसको ध्वनि समुदायमा नजाओस् भनेर न्वाइज ब्यारियर राखेका छौँ । 

    स्थानीय अवरोध र कोभिड–१९का कारण समय बढी लाग्यो

     सम्झौतामा हस्ताक्षर गर्ने समयमा आयोजना एक बर्ष ६ महिना (१८ महिना)मा सक्ने भनिएको थियो । जसमा स्थानीय अवरोधका कारण ६ महिना म्याद थपियो भने अघिल्लो पटक कोभिड–१९ का कारण ६ महिना र कोभिड–१९को दोस्रो लहरमा २ महिना समय थप भयो । जसले गर्दा आयोजना निर्माणका लागि एक बर्ष दुई महिना बढी समय लाग्यो । 
    यद्यपि, यो संरचना खासगरी पछिल्लो ७ महिनामा निर्माण भएका हुन् । यस अवधिमा करिब ५५ प्रतिशत काम भएका छन् । कोभिड–१९ तीव्र रूपमा फैलिएको समयमा पनि हामीले जोखिम मोलेरै काम गर्यौँ । कोभिडको समयमा पनि प्रगति देखिएपछि हामीलाई थप काम गर्ने हौसला मिल्यो । यहाँ एभरेजमा ३०० जना कामदार हुनुहुन्थ्यो । कोभिडको कारण कतिजना बिरामी हुनुभयो भने कति जना डरको कारणले घर जान खोज्नुहुन्थ्यो । हामीले समय समयमा चेकजाँच गर्ने, संक्रमण देखिए आइसोलेनमा राख्ने, हस्पिटल लाने, उपचार गर्ने जस्ता काम गर्यौँ । 

    aashis gajurel.JPG
    जसले गर्दा उहाँहरूलाई म बिरामी भए पनि समस्या नपर्ने रैछ भन्ने प्रत्याभूति भयो र कामदारको अभाव हुन पाएन । त्यस समयमा कति उद्योगहरू बन्द भए । चन्द्रागिरी नगरपालिका लकडाउन भएको समयमा सिमेन्ट रड जस्ता निर्माण सामग्री ल्याउन समस्या पनि भयो तर हामीले समन्वय गर्यौँ । निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूसँग पनि निर्माण व्यवसायीहरूले पनि समन्वय गर्नुभयो हामीले सहजीकरण गर्यौँ । चुनौतिको बावजुद सामान पनि ल्याउन सक्यौँ र यहाँ निर्माणको काम पनि अघि बढाउन सक्यौँ जसले गर्दा परियोजना बनाउन सफल भयौँ । 

    परियोजना निर्माणसँगै सामाजिक कार्य 

    हामीले परियोजना निर्माणसँगै सामाजिक कार्य पनि गरेका छौँ । वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा ४०० रुख काटिएको थियो । त्यसलाई वान इज टु ट्वान्टी फाइभ रेसियो गर्दा १०० हजार रुख रोप्नु पर्ने इआइएको रिर्पोटमा उल्लेख थियो । त्यसमा हामीले ८००० विरुवाहरू रोपिसकेका छौँ । बाँकी विरुवाहरू पनि रोपिरहेका छौँ । यही परियोजना अन्तर्गत हामीले स्ट्रिेट लाइट बनाएका छौँ । घाट जाने बाटो, सार्वजनिक शौचालय, वडा कार्यालय अगाडि पार्किङ स्थल बनाएका छौँ भने मान्छेलाई हिड्न पनि ब्रिज पनि यही परियोजनाअन्तर्गत बनाउनेछौँ । परियोजना बनाउँदा यहाँको बासिन्दाका लागि पनि सामाजिक कार्य गरेका छौँ । 

     

    साताको लोकप्रीय