यी चिज एकपटक खानाले तपाईँको जिन्दगी ८ मिनेट छोटो हुनेछ, माछा–केराले बढाउनेछ उमेर  

यी चिज एकपटक खानाले तपाईँको जिन्दगी ८ मिनेट छोटो हुनेछ, माछा–केराले बढाउनेछ उमेर  

अर्थ डबली
शुक्रवार, असोज ८ २०७८
अर्थ डबली
शुक्रवार, असोज ८ २०७८ (अर्काइभ बाट)
  • यी चिज एकपटक खानाले तपाईँको जिन्दगी ८ मिनेट छोटो हुनेछ, माछा–केराले बढाउनेछ उमेर  

    घट्दो जीवन प्रत्याशा र वर्तमान जीवनशैलीलाई मध्येनजर गर्दै हामीले हाम्रो खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । के तपाईँ जान्नुहुन्छ बजारमा महङ्गो दाममा बिक्री हुने पिज्जाले तपाईको उमेर घटाइरहेको छ । पिज्जाको एक स्लाइस खानाले मानिसको जिन्दगी करिब ७-८ मिनेट कम हुनसक्छ । 

    images
    images

    मिसिगन विश्वविद्यालयका विशेषज्ञहरूले कार्बन फुट प्रिन्ट्स र पोषणको आधारमा केहि खाद्य वस्तुहरुको क्याल्कुलेसन गरेका छन्। द टेलीग्राफको एक रिपोर्टका अनुसार, बदाम खाएर आफ्नो जीवन खातामा २६ मिनेट बढी समय थप्न सक्नुहुनेछ । 

    प्रतिवेदनमा यो पनि भनिएको छ कि पीनट बटर र जाम स्यान्डविच खाँदा एक व्यक्तिको आयु आधा घण्टा भन्दा बढि बढ्न सक्छ। 

    त्यस्तै, पिज्जा सहित बेकन र बर्गर जस्ता चीजहरूले मानिसको जिन्दगी छोटो बनाउने काम गरिरहेको छ । विज्ञहरुका अनुसार पिज्जा खाँदा कुनै पनि व्यक्तिको जीवन १० सकिन्छ । नेचर फूड जर्नलमा प्रकाशित यो अध्ययन स्वस्थ जीवन प्रत्याशामा आधारित छ।

    वैज्ञानिकहरुले लगभग ६ हजार केसमा विभिन्न खाद्यान्न, नाश्ता र पेय पदार्थको प्रत्यक्ष प्रभावको क्याल्कुलेसन गरेका छन्।

    अध्ययनका लेखकले लेखेका छन्, “हामीले पत्ता लगायौं कि अमेरिकामा प्रति ग्राम प्रशोधित मासु उपभोग गर्ने मानिसहरुको औसत उमेर ०.४५ मिनेट घट्दैछ।”

    यस अर्थमा, एक हटडग स्यान्डविचमा भएको ६१ ग्राम प्रशोधित मासुले एक व्यक्तिको २७ मिनेट जीवन कम गर्न सक्छ । यसमा भएको सोडियम र ट्रान्स फ्याटको अत्याधिक मात्रा एक अलग चिन्ताको विषय हो । 

    विज्ञहरूले यसमा भएको पाँलीस्याचुरेटेड फ्याट र यसमा उपस्थित फाइबरबाट हुने फाइदाको क्याल्कुलेट गरेका थिए तब फाइनल भ्यालुमा हटडगले हाम्रो जिन्दगीको ३६ मिनेट कम गर्न सक्दछ । 

    विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार यो अध्ययनले मानिसहरुलाई स्वस्थ जीवनको बारेमा मात्र सचेत गराउँदैन, न कि वातावरणमा पनि राम्रो प्रभाव पार्नेछ। 

    अन्वेषकहरूले प्रत्येक खानालाई ट्राफिक लाइट रेटिङ दिएका छन् ।  जसले बताउँछ कि हामी खाना कम वा बढी खानु पर्छ।

    उत्कृष्ट पोषण भ्यालुका कारण सामन माछालाई हरियो स्कोर गरिएको छ। 

    रिपोर्टका अनुसार, सामन माछाले एक व्यक्तिको जीवनमा १६ मिनेट समय थप्न सक्छ। जे होस्, वातावरणको प्रभावलाई ध्यानमा राख्दै, यो समग्र पर्फमेसनमा एक रातो स्कोर बनाएको छ।

    अध्ययनका प्रमुख शोधकर्ता कट्रिना स्टाइलियानुले प्लान्ट बेस्ड  खानाको पर्फमेन्स बढी राम्रो छ। 

    प्लान्ट बेस्ड फूड र एनिमल बेस्ड फूड एक–दोस्रोभन्दा धेरै फरक छन्। धेरै विशेषज्ञहरु भन्छन् कि प्लान्टमा आधारित प्रोटिन र एनिमल बेस्ट प्रोटिनभन्दा बढी राम्रो छ । 

    विगतमा धेरै अध्ययनहरुमा यो दाबी गरिएको छ कि प्रशोधित मासुमा पाइने तत्वहरु प्रायः पहिचान गर्न गाह्रो हुन्छ। यसमा उपस्थित सामाग्री तत्वहरु केमिकल, रंग र मिठाईहरुले शरीरलाई हानी पुर्याउन सक्छ । 

    युनिभर्सिटी अफ मिसिगनको एक ग्राफमा भनिएको छ कि केरा खाने एक व्यक्तिको जीवन साढे १३ मिनेट बढ्छ। त्यस्तै, टमाटरले साढे तीन मिनेटभन्दा बढी जीवन बढाउँछ।

    एभाकाडो खानाले २ मिनेट ८ सेकेन्ड आयु बढाउँदछ। एक सफ्ट ड्रिङ्स् पिउँदा तपाईको जीवन १२ मिनेट ४० सेकेन्ड कम हुन्छ।

    साताको लोकप्रीय