घुम्न छुटाउनुहोला गाभर उपत्यका, कसरी जाने ?

घुम्न छुटाउनुहोला गाभर उपत्यका, कसरी जाने ?

वर्षौँदेखि ओझेलमा रहेको यो उपत्यकाकै नामबाट सञ्चालनमा ल्याएको गाभर भ्याली  आकर्षणको केन्द्रविन्दु चुरे पर्वतका मनोरम दृश्यहरु,  त्यस्तै, थारू र मुगाली समुदायद्वारा सञ्चालित घरबास ।

अर्थ डबली
बिहिवार, भदौ २४ २०७८
अर्थ डबली
बिहिवार, भदौ २४ २०७८ (अर्काइभ बाट)
  • घुम्न छुटाउनुहोला गाभर उपत्यका, कसरी जाने ?

    गाभर भ्याली नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । 
    गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने सुन्दर उपत्यका हो ।  जुन कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा रहेको  छ । 

    images
    images

    वर्षौँदेखि ओझेलमा रहेको यो उपत्यकाकै नामबाट सञ्चालनमा ल्याएको गाभर भ्याली 
     आकर्षणको केन्द्रविन्दु चुरे पर्वतका मनोरम दृश्यहरु हुन् ।  त्यस्तै, थारू र मुगाली समुदायद्वारा सञ्चालित घरबास ।  

    अहिले यहाँ दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 


    गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताए । 

    उनका अनुसार बाँके, बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा घरबासमा पाहुना घुम्न आउने गरेका छन् । 

    मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । 

    gabhar velley.JPG

    घरबासका अध्यक्ष कृष्णलाल चौधरी भन्छन्ः 

    कोरोना महामारीका कारण सुनसान हुन पुगेको गाभर भ्याली सामुदायिक घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको  छ । 

    बाहिरी जिल्लाका साथ साथै तीज पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको  गरेका छन् । यहाँ लगानीसँगै घरबास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको छ । पुराना घरबासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरबास र दुई होटल थपिएका छन् । घरबास धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ । पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ । 

    यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ । तीज पर्व मान्न गृहजिल्ला बाँके आउनुभएका समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।  

    काठमाडौँमा इञ्जीनियरिङ अध्यापन गर्दै आएका नेपालगञ्ज–१० का नरेश श्रेष्ठले दशैँ बिदमा घर आएको बेला घरबासको स्वाद चाख्न गाभर पुगेको बताए । 

    काठमाडौँमा बस्दा गाभर घरबासबारे जानकारी पाएकाले अहिले दशैं बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उनले उल्लेख गरे । 

    गाभर भ्याली सामुदायिक घरबासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याएका छन् । 

    घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधासम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उनले बताए । 

    विसं २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरबास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ ।

    gabhar velley2.JPG

    गाभर भ्याली घरबासमा सुरूका दिनमा रु २०÷३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ ।

     “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । 

    यस्ता सवाल उठान गर्ने गाभर भ्याली घरबास एउटा घरबास मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो”, उनले भने, “गाउँमा घरबास स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” 

    बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ सालमा रारालिही क्षेत्रका बासिन्दालाई गाभर उपत्यकामा पुनःस्थापना गरिएको थियो ।

     विसं २०४० पछि थारू समुदाय पनि आए । शुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैन्थ्यो । रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुःखकष्ट र समस्याले उनीहरूलाई नजिक्यायो । अहिले हिमाली र तराई समुदायको एउटै भान्सा भएको छ, होमस्टेका रूपमा ।

    कसरी पुग्ने गाभर भ्याली ? 

    तपाईले भरभ्याली पुग्नका लागि काठमाडौंबाट स्थल मार्ग हुँदै आउने हो भने करीब ११–१२ घण्टामा कोहलपुर पुग्न लाग्छ ।  त्यसपछि कोहलपुरबाट करीब सात किलोमिटर यात्रा गरेपछि पुगिन्छ गाभर चोक । त्यस्तै, हवाई मार्ग भएर आउने पर्यटकले राँझास्थित नेपालगन्ज एअरपोर्टबाट अटो लिएर गाभर चोक पुगेर डेढ किलोमिटर अटो वा पैदल यात्रा गर्नुपर्ने हुन्छ । 

    काठमाडौंलगायत पूर्वबाट गुडेर आउने पर्यटकले कोहलपुर–चौराहमा ओर्लिएर सुर्खेत रोडमा सात किलोमिटर यात्रा गरेपछि गाभर चोक पुगिन्छ । गाभर चोकबाट झन्डै डेढ किलोमिटर उत्तर–पूर्वमा गाभर भ्याली होमस्टे छ । त्यस्तै, हवाईमार्गबाट आउने पर्यटकले नेपालगन्ज विमानस्थलबाट अटोरिक्सामा सीधै गाभर चोक या गाभर भ्याली होमस्टेमा पुग्न सकिन्छ । 

    gavar velley.JPG

    केके देख्न पाईन्छ यहाँ 


    विशेषगरी चुरे पाहाड  देख्न गाभर भ्याली एउटा आकर्षक गन्तव्य हो । यस्तै, बाघ अवलोकन तथा हात्ती सफारीका लागि आउने प्रकृतिप्रेमीका लागि गाभर भ्याली उत्कृष्ट गन्तव्य मान्न सकिन्छ । 
    नेपालगञ्ज र कोहलपुरसँग नजिक भएको संस्कृति र प्रकृतिको आधार बनाएर यहाँ घुमघाम गर्न सकिन्छ ।  बाँके निकुञ्ज कान्छो भए पनि वन्यजन्तुको कमी छैन । पाटेबाघ, चितुवा, चौसिंगा, जरायो, नीलगाई, चित्तल, बँदेल, स्याल, खरायो, न्याउरी मुसा, ब्वाँसो मध्यवर्ती क्षेत्र वरपरै देखिन थालेका छन् ।

    gabhar velley.JPG

    सरकारले २०६७ सालमा बाँके जिल्लाको वन क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो। असना, जामुन, ढौठी, सिमल र सिसौलगायतका वनस्पति ती जङ्गलमा पाइन्छन् । निकुञ्जभित्र अवलोकनका लागि घाँसेमैदान पनि पर्याप्त छन् ।
     
     केके पाइन्छ खानपान संस्कृति छ ? 

    हिमाली फापरको रोटी, कोदाको ढिडो, सिस्नोको फाँडो र सिमीको दाल यहाँ लोकप्रिय छ । त्यस्तै, थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । पाहुनाको रुची जे हुन्छ, त्यही अनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।  

    २० बिघा क्षेत्रफलमा पार्क निर्माण भएको छ।चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर उपत्यका पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनेको छ । यहाँ थारु नाच, डेउडा नाच, पञ्चेबाजा, ढाल तरबार नाचको मज्जा लिन पाइन्छ ।

    velley gabhar- ghumfir.JPG
    यस्तैगरी मस्टेमा थारू नाच, डेउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धाल तलवार नाच, रुकुमेली कुरकुटी टप्पा र मयूर झर्रा नाच पनि हेर्न पाइन्छ । 

    थारू हस्तकलाका सामग्रीहरू ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू र माटाका भाँडाहरू चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्तिहरू, काठको कोसी, भकारी, डोल्ची, बेतबासका कुर्सीहरू बनाउँछन् ।

    gabhar velley.JPG

    आन्तरिक तथा बाह्य पाहुनालाई गाभर उपत्यका हुँदै चुरे पहाड पदयात्रा गराउने माग भइरहेको छ । तराईको सखिया नाँचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । 

    यहाँ भारत, स्वीट्जरल्याण्ड, क्यानाडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइनलगायतका मुलुकबाट पनि पर्यटकहरु पुग्ने गरेका छन् । 

      [ राससलगायत विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट ]

    साताको लोकप्रीय