खौराहा बाबा धार्मीक पर्यटकीय स्थल ।
पुगेपछि जो कसैलाई लोभ्याउँछ । त्यहाँको प्राकृति मनोरम दृश्य स्वच्छ सफा ।
विभिन्न प्रजातिका चराचुरुङ्गी जंगली झार बोट विरुवा फुल तथा शितल हावापानी ।
कहाँ छ ? मन्दिर ?
राप्ती गाउँपालिका वडा नं ५ को कालापानी गाउँ उत्तरतर्फ पर्दछ । यस स्थान परम्परागत रुपमा धार्मीक दृष्टीले महत्वपुर्ण मानिन्छ भने पछिल्लो समय पर्यटनका लागि मनमोहक तथा शान्त स्थल भएकोले आकर्षणको केन्द्र बनेको छ ।
महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजारदेखि करिब १.५ किलोमिटर उत्तरमा पर्दछ ।
धार्मिक आस्था, पिकनिक र प्रकृतिप्रेमीका लागि उपयुक्त
मनमोहक प्राकृतिक सम्पदा, भव्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको सो खौराहा बाबा धार्मीक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु घुमघाम गर्न, मनमोहक दृष्यको आन्नद उठाउन, पिकनिक गर्न नियमित आउने गर्दछन् ।
माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थानको अवलोकन तथा कुण्ड स्नान गर्नाले छाला सम्वन्धि रोग हराउने विश्वास छ ।
कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सञ्चालन समिति लगायत समुहहरुको संरक्षणमा रहेको धार्मीक पर्यटकीय स्थलको विकासको लागि स्थानीय नागरिक, साविक गाविस र हाल गाउँपालिका लागि परेको छ ।
यस्तो रमणिय स्थानको तपाई हामी पनी अवलोकन गरि धार्मीक आस्था र विस्वास र पर्यटकीय भावनाको विकास गर्न एकपटक जाने कि ?
कसरी पुग्ने ?
यो महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजारदेखि करिब १.५ किलोमिटर उत्तरमा राप्ती गाउँपालिकाबाट जान सकिन्छ ।
वडा ५ मा पर्ने भएकोले त्यहाँका वडा अध्यक्ष वा स्थानियका सहयोगमा टाढाबाट पनि घुम्न आउन सकिन्छ । स्थानिय उब्जाउ, खानपान रहनसहन तथा प्राकृतिक धनी भएकोले थोरै खर्चमा धेरै आनन्द मनोरञ्जन लिन सकिन्छ ।