नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई चेतनामूलक ब्यानर, स्टिकर तथा पर्चा हस्तान्तरण  

नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई चेतनामूलक ब्यानर, स्टिकर तथा पर्चा हस्तान्तरण  

अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८
अर्थ डबली
शुक्रवार, भदौ २५ २०७८ (अर्काइभ बाट)
  • नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई चेतनामूलक ब्यानर, स्टिकर तथा पर्चा हस्तान्तरण  

    काठमाडौँ / नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले चेतनामूलक ब्यानर, स्टिकर तथा पर्चा हस्तान्तरण गरेको छ । 

    images
    images

    ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भदौ २५ गते शुक्रबार काठमाडौँको त्रिपुरेश्वर चोकमा एउटा औपचारिक कार्यक्रमकाबीच सो सामग्री हस्तान्तरण गरेको हो । 

     अध्यक्ष दुलालल महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई नो हर्न स्टिर १० हजार थान, कोभिड-१९ विरुद्धको मास्क ५०० थान, तपाईको मास्क खोइ ? चेतनामूलक व्यानर २०० थान र ट्राफिक नियमको पालना गरौं” चेतनामूलक व्यानर २०० थान हस्तान्तरण गरे । 

    news.JPG

    उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।

    nada news.JPG

    उक्त कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्धय राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल शिवाकोटी समेतको उपस्थित रहेको सो कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका बरिष्ठ अधिकाकारीहरु समेतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गरेका थिए । 
     

    साताको लोकप्रीय